८२ संक्रमित थपिए, आज डिस्चार्ज हुने १४७

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा आइतबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ८२ जनामा संक्रमण देखिएको हो । यसरी कोरोना संक्रमितको संख्या १६८०१ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ८५८९ पुगेको छ ।

विगत २४ घण्टामा २५ वटा प्रयोगशालामा ३९१६ जनाको पिसिआर परीक्षण गरिएको थियो । हाल २३ हजार ७८४ जना क्वारेन्टाइनमा र ८ हजार १७४ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया