भरतपुर । प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्स भरतपुर–१० मा एमबीए दोस्रो वर्षमा अध्ययनरत चौथो व्याचका विद्यार्थीहरुको लागि सेरिज कोर्षअन्तर्गतको एकहप्ते सेमिनार सम्पन्न भएको छ । व्यवस्थापन संकाय विषय समितिका अध्यक्ष डा. विजुकुमार थपलियाले एक सातासम्म सम्बन्धित विषयमा सैद्धान्तिक ज्ञान दिएका थिए ।
विद्यार्थीहरुले सो क्षेत्रमा रहेका उद्योगहरुमा प्रयोगात्मक अध्ययनहरु गरेका थिए । पूर्वाञ्चल विश्व विद्यालयअन्तर्गतको सो कलेजमा त्रिविका व्यवस्थापन संकायका प्रोफेसर डा. उपेन्द्रकुमार कोइरालाले मूल्यांकन गरेका थिए ।
विद्यार्थीहरुले अप्रिल १८ देखि २४ सम्म भएको सेमिनारमा आफूले अध्ययन अवलोकन गरी प्रस्तुत गरेका थिए । सेमिनारमा नेपालसँग सम्बन्धित २१ वटा विषयगत घटनाहरुको अध्ययन गरी समाधानसहित प्रस्तुत गरिएको प्रिन्सिपल शम्भु क्षेत्रीले जानकारी दिए ।
– मोनिका रेग्मी (प्रशिक्षार्थी)
Discussion about this post