रत्ननगर अस्पतालमा पहिलो पटक पित्तथैलीको शल्यक्रिया

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा पहिलोपटक पित्त थैलीको शल्यक्रिया गरिएको छ । स्थापनाको १२ बर्ष पछि सो अस्पतालले गोमा चेपाङको पित्त थैलीको सफल शल्यक्रिया गरेको हो ।

उनको निशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । प्रदेश सरकारले भर्खरै स्तरोन्नति गरेको सो अस्पतालमा अहिले सम्म सामान्य विरामीको मात्र उपचार हुँदै आएको थियो । अस्पतालको स्तरोन्नी भएपछि त्यहाँ कार्यरत डाक्टरहरुले शल्यक्रियाको काम समेत सुरु गरेका हुन ।

३५ वर्षीया ती चेपाङ महिलाको पित्त थैलीमा रहेको पत्थर निकालिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले जानकारी दिए । अस्पतालका सर्जन डा. दीपेन्द्र मल्लिकको नेतृत्वमा डा. महेश पौडेल, डा. प्रदीप अधिकारी लगायतको टिमले शल्यक्रिया गरेको हो । शल्यक्रिया कक्ष र पोष्टअप पहिल्यै तयार रहेको भएपछि अस्पतालले पहिलो पटक शन्यक्रिया गर्न सफल भएको डा.बगालले बताए ।

हामीले पहिलोपटक पित्त थैलीको अप्रेसन गरेका छौं मेसु बगालले भने अहिले विरामीको अबस्था सामान्य रहेको छ ।
पहिलो पटक गरिएको सफल शल्यक्रियाले रत्ननगर अस्पताल पनि उपचारमा सक्षम छ भनेर प्रमाणित गरेको डा.बगालले बताए । सो अस्पतालमा हाल १५ बेड मात्र रहेको छ ।

स्तरोन्नती भएपछि अस्पताल विशेषज्ञ डाक्टर सहित पचास बेडको बनाउने योजना रहेको रत्ननगरका मेयर नारायण वनले बताए । २०६५ साल पुस महिनामा स्थापना भएको सो अस्पतालमा मृर्गौलाको डाइलासिस समेत हुँदै आएको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया