चितवनमा १६ संक्रमित डिस्चार्ज हुँदै

अन‌ि यो पनि

भरतपुर । कोरोना निको भएर भरतपुर अस्पतालबाट आज १६ जना डिस्चार्ज हुँदै छन् । कोरोना संक्रमण भएर अस्पतालको आइसोलेसनमा उपचाररत रहेका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज गर्न लागिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

निको हुनेहरुमा भरतपुरका १० जना छन् भने खैरहनी, कालिका र राप्ती नगरपालिकाका एक/एक जना र कैलाली, झापा र गोर्खा जिल्लाका एकएक जना छन् । अब भरतपुर अस्पतालको आइसोलेसनमा २६ जना कोरोना संक्रमित उपचाररत रहेको पौडेलले वताए । उनीहरुको अर्को हप्ता पिसिआर परिक्षण हुने उनले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया