प्रचण्डको ‘ड्रिम प्रोजेक्ट’: नारायणी र राप्तीमा तटबन्ध सहितको रिङरोड

अन‌ि यो पनि

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवमु पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी र राप्तिमा तटबन्ध सहितको रिङरोड बनाउने ड्रिम प्रोजेक्ट रहेको वताएका छन् ।
चितवन विपद व्यवस्थापन समितिको बैठकमा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले बाढी र राष्ट्रिय निकुञ्जबाट निस्कने जनावरले गर्ने क्षतिलाई दिर्घकालिन रुपमा न्युनिकरण गर्न दुई नदिमा तटबन्ध सहितको रिङरोड बनाउने आफ्नो ड्रिम प्रोजेक्ट रहेको वताएका हुन् ।

‘तटबन्धन र रिङरोडको लागी डिपिआर तयार भइसकेको छ, त्यसका लागी अर्थबाट स्विकृति लिएर बजेटको व्यवस्था गर्ने र योजना बनाएर कार्यान्वयनमा जाने कुरा छ’, उनले भने, ‘तयार भएको डिपिआरलाई कार्यान्वयनका लागी सरकारका तर्फबाट बहुबर्षिय योजना बनाएर लैजानुपर्छ । यो मेरो ड्रिम प्रोजेक्ट हो ।’

अन्तिम समयमा आइपुगेर गरिने बाढी रोकथामका कार्यले चितवनका जनताले कहिल्यै पनि विपदबाट मुक्ति नपाउने वताए । खहरे खोलाहरुमा तटबन्ध गर्ने आवश्यकता पनि उत्तिकै धेरै रहेको उनले वताए । ‘माडी र पुर्वी चितवनमा खहरे खोलाले बढी दुःख दिने गरेको छ’, उनले भने, ‘त्यसलाई पनि गुरु योजना बनाएर रोक्न जरुरी छ । माडीका कतिपय खोलाहरु त गाउँभन्दा माथि भएका छन् ।’

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया