रत्ननगर । हेड्स नेपाल, रत्ननगर नगरपालिका र रेडियो अर्पणको संयुक्त आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्यसम्बन्धी साप्ताहिक निःशुल्क स्वास्थ्य शिविर चैत्र २८ देखि सुरु भएको छ । स्वास्थ्य शिविर आउँदो जेठ मसान्तसम्म हरेक महिनाको शुक्रबार सञ्चालन हुनेछ । शिविरको तेस्रो दिन शुक्रबार ५० जनाले स्वास्थ्य परीक्षण गरेको हेड्स नेपाल संस्थाकी अध्यक्ष शोभा तामाङले जानकारी दिइन् ।
कलेज अफ मेडिकल साइन्सेस भरतपुरको प्राविधिक सहयोगमा सुरु भएको शिविर अश्विनी केयर पोली क्लिनिकमा सञ्चालन भएको हो ।
Discussion about this post