भरतपुर । चितवनमा बिहीबारदेखि सुरु भएको मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विभिन्न खेलबाट खेलाडीहरु छनोट भएका छन् । शुक्रबार भएको विभिन्न चरणका खेलहरुमध्ये एथलेटिक्सअन्र्तगत १ सय ६ अंकका साथ काठमाडौँ प्रथम, ९३ अंकका साथ नुवाकोट दोस्रो र ८० अंकका साथ चितवन तेस्रो भएको छ ।
यसैगरी कराँतेमा काठमाडौँ र उसुमा ललितपुर प्रथम भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को विवादका कारण तेक्वान्दो खेल स्थगित भएको छ भने फाइनल चरणमा प्रवेश गरेका काठमाडौँ र ललितपुरको भलिबल प्रतियोगिता भने शनिबार हुने चितवन जिल्ला खेलकुद विकास समिति कार्यालयका रामजी ढकालले जानकारी दिएका छन् । प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका गरी ११ सय २३ जना खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराँते, तेक्वान्दो र उसु खेल सञ्चालन भएका छन् ।
Discussion about this post