खानेपानीको धारामा चिप्ले कीरा भेटिएपछि…

अन‌ि यो पनि

भरतपुर । किचनमा जडान गरिएको खानेपानीको धाराबाट पानी नझरेपछि भरतपुर महानगरपालिका वडा नं ७ उज्जवल टोलका हरिदत्त सुवेदीले धाराको टुटी खोले । जब टुटीभित्र चिप्ले कीरा अड्किएको देखे उनी आश्चर्यमा परे ।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको लापरबाहीका कारण खानेपानीकै धारामा कीरा भेटिएको उनले गुनासो गरेका छन् ।

‘मैले रिजर्भ ट्यांकी राखेको छैन, सोझै खानेपानीको धारा किचनमा जडान भएको छ’, उनले भने, ‘धाराबाट पानी नझरेपछि धाराको टुटी खोलेर हेरेँ । टुटीको जालीमा चिप्ले कीरा अड्किएको रहेछ ।’ खानेपानीको धारामा नै कीरा भेटिएपछि खानेपानीको गुणस्तरमाथि प्रश्न खडा भएको उनले बताए ।

उनको खानेपानीको ग्राहक नम्बर ५४०२८८९८ हो । खानेपानीको धारा सुवेदीको श्रीमती मैनाकुमारी शर्माको नाममा दर्ता छ । यता भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भने बोर्डको रिजर्भ ट्यांकीमा समस्या नरहेको दाबी गरे ।

‘रिजर्भ ट्यांकीमा तीन घन्टाभन्दा बढी समय रिजर्भ हुँदैन, हामीकहाँ त्यो समस्या छैन । उनको धारा कस्तो ठाउँमा छ, उनको आन्तरिक समस्या हो’, उनले भने ।

सुवेदीको धारामा आउने पानी बोर्डको कृष्णपुर शाखाको रिजर्भ ट्यांकीको पानी हो । रिजर्भ ट्यांकीमा भएको समस्या भए समुदायका सबै धारामा कीरा भेटिनुपर्ने उनले बताए । यद्यपि सुरक्षा टिमलाई खटाएर त्यहाँको पानी परीक्षण गर्न लगाउने उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया