भरतपुर । लोकतन्त्र दिवसको अवसरमा बिहीबार मालपोतचोक भरतपुरमा दीप प्रज्ज्वलन गरिएको छ । स्वस्तिक नेपाल, नारायणगढ जेसीज, नारायणगढ लेडी जेसीज र पारिजात टोल सुधार समितिको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो । २०६२÷०६३ को जनआन्दोलनमा मृत्यु भएकी सहिद तुलसी क्षेत्रीको निवास नजिक सो कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा पारिजात टोल सुधार समितिका अध्यक्ष तेजेन्द्रबहादुर खड्का, नारायणगढ जेसीजका अध्यक्ष मनोज श्रेष्ठ, लेडी जेसीजकी अध्यक्ष गीता श्रेष्ठ रस्वस्तिक नेपालका अध्यक्ष गणेश पौडेलले बोलेका थिए । [gview file=”http://dev.echitwanpost.com/wp-content/uploads/nwsphoto.tif”]
Discussion about this post