ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

स्थानीय चुनाव चार चरणमा ः प्रमुख आयुक्त

by चितवन पोष्ट
२०७१ बैशाख १२, शुक्रबार ००:५९ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय निकायको निर्वाचन कम्तीमा चार चरणमा गर्नुपर्ने बताएका छन् । चितवन क्षेत्र नं. ४ मा हुन लागेको संविधानसभा सदस्यको उपनिर्वाचनमा विद्युतीय मतदान सम्बन्धी मतदाता शिक्षा प्रशिक्षण कार्यक्रमको बिहीबार भरतपुरमा उद्घाटन गर्दा उप्रेतीले सो विचार राखेका हुन् ।
स्थानीय निकायको चुनावले नगर, गाउँ र वडा तहसम्म गरेर चार हजार ७२१ स्थानीय सरकार निर्माण गर्ने भएकाले समय र तयारी धेरै हुनु पर्ने उनले बताए । स्थानीय निर्वाचनका लागि ३७ हजार किसिमका मतपत्र छाप्नुपर्ने उनको भनाइ छ । यसकारण एकै चरणमा स्थानीय निकायको चुनाव सम्भव नभएको उनले बताए ।
संविधानसभा सदस्य पदको निर्वाचन एक केन्द्रीय सरकार निर्माणका लागि थियो । त्यसका लागि पनि २४१ प्रकारका मतपत्र छाप्नु परेको उनले बताए । पार्टीको संख्या पनि बढ्दै गएको र लामो समयदेखि स्थानीय निकायमा चुनाव नभएकाले पनि असहजताहरु थपिएको उप्रेतीले बताए संविधानसभा निर्वाचनमा भाग लिएका दलहरुले छ महिनाभित्र स्थानीय निकायको निर्वाचन र एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेकाले निर्वाचन हुनेमा उनी आशावादी देखिए । तर समय अभाव रहेकाले तत्काल स्थानीय निकायको निर्वाचन सम्भव नभएको पनि उनले बताए ।
मिति घोषणा भएपछि निर्वाचन आयोगलाई कम्तिमा पनि तीन महिनाको समय आवश्यक पर्ने उनले बताए । वर्षायाममा चुनाव गर्न नसकिने भएकाले कात्तिकयता निर्वाचनको सम्भावना नरेहको उनले बताएका हुन् । कात्तिकमा चुनाव गरे पनि मिति भने अहिले नै घोषणा गरे पनि फरक नपर्ने उनको धारणा छ ।
मिति घोषणामा सरकार वा संविधानसभामा सहभागि सवै दलको सहमति भए उत्तम हुने वा अधिकांश दलको सहमतिमा मिति घोषणा गरेर निर्वाचनमा लाग्न आवश्यक भएको उनले बताए ।  संविधान बनेपछि भने अवधि पुगेको अवस्थामा निर्वाचन आयोग आफैले निर्वाचनको मिति तोक्न स्वतन्त्र हुने उनले बताए ।
उद्घाटन कार्यक्रमअघि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले एकभन्दा बढी ठाउँबाट चुनावमा उठ्ने चलन उपयुक्त नभएको धारणा राखेका थिए । यस्ले खर्च बढाउने र प्रतिनिधित्वमा पनि असर पार्ने उनको धारणा थियो । एक निर्वाचन क्षेत्रमा चुनाव गारउँदा निर्वाचन आयोगको मात्रै करोडभन्दा धेरै खर्च हुन्छ ।
मंसिर चारमा भएका संिविधानसभा सदस्य पदको निर्वाचनमा चितवन क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसका केन्द्रीय सभापति शुसिल कोइरला विजयी भएका थिए । उनी बाँकेबाट पनि सोही पदमा निर्वाचित भए । त्यसपछि उनले चितवनको क्षेत्र नं. ४ छाडेका कारण त्यहाँ उप निर्वाचन हुन लागेको हो ।
संविधान सभा सदस्य निर्वाचनमा दुई ठाउँबाट चुनाव लड्ने प्रवधान नराख्न निर्वाचन आयोगले प्रस्ताव समेत गरेको उप्रेतीले जानकारी दिए । असार ८ मा देशका चार क्षेत्रमा उप चुनाव हुँदै छ । उप चुनाव हुने सवै क्षेत्रमा विद्युतीय मेसिनबाट भोट हाल्ने प्रवन्ध निर्वाचन आयोगले मिलाएको छ ।

Related Posts

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

Discussion about this post

अन‌ि यो पनि

‘विपदमा रेडियोको भूमिका महत्त्वपूर्ण’
समाज

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

चितवन ४ वैशाख । कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ। जिल्लामा पहिलो चरणमा खोप...

Read more
रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

बिरामी बढेसँगै रगतको अभाव

गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

रसमय जीवनको रहस्य (ती दिनहरु)

सिराइचुलीको फेदीदेखि सुनौलो बजारसम्म [स्मृतिबिम्ब]

रसमय जीवनको रहस्य (ती दिनहरु)

रसमय जीवनको रहस्य (ती दिनहरु)

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In