माडी । समुदायमा आधारित पूर्वसुचना प्रणाली सम्वन्धी तीन दिने तालिम माडीको अयोध्यापुरीमा सुरु भएको छ ।
समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन समिति माडीको आयोजना तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र वृहत्तर विपद् जोखिम व्यवस्थापन कार्यक्रमको संयुक्त सहयोगमा सुरु भएको तालिममा बाढी तथा डुवानबाट हुने जोखिम व्यवस्थापनका लागी पूर्वसुचना प्रणालीलाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिमको उद्धघाटन सत्रमा वोल्दै प्रमुख अतिथी एवंम् विपद जोखिम व्यवस्थापन समिती चितवनका सम्पर्क व्यक्ति वलराम लुंईटेलले तालिम अवधिभर पूर्व सुचनाका विषयमा बाढी तथा डुवानको जोखिममा रहेका माथिल्लो तथा तल्लो तटिय क्षेत्रविचमा समन्वयात्मक भुमिका बनाउने, पूर्व सुचना समितीलाई गतिशिलता प्रदान गर्ने तथा स्वचालित वर्षा मापन केन्द्र स्थापना गरिने लगायतका विषयमा जानकारी गराईने वताउनुभयो ।
Discussion about this post