ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गाउँलेले लखेट्दा घाइते भयो गैंडा

by चितवन पोष्ट
२०७१ बैशाख ११, बिहीबार ०२:३६ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कसरा । बाटो बिराएर गाउँ छिरेको गैंडालाई चितवन निकुञ्जले घाइते अवस्थामा उद्धार गरेर निकुञ्जकै इचर्नी क्षेत्रमा छाडेको छ । वन्यजन्तुसँग सम्बन्धित विज्ञको भनाइलाई अटेर गरेर गाउँलेले लखेट्दा गैंडा घाइते भएको निकुञ्जले जानकारी दिएको छ । यस्ता कृयाकलाप नदोहो¥याउन निकुञ्जले स्थानीयसँग अपिल गरेको छ ।
चितवन निकुञ्ज कार्यालयले मंगलबार निकालेको विज्ञप्तिमा गाउँ छिरेका जंगली जनावरका बारेमा समयमै निकुञ्ज र वन कार्यालयमा जानकारी दिन भनिएको छ । जंगली जनावरको स्वभावसँग परिचित भएका व्यक्तिको टोलीले उद्धार गर्नेबाहेक अन्यले वन्यजन्तुलाई लखेट्ने भगाउने नगर्न निकुञ्जले अनुरोध गरेको छ ।
पर्सा वन्यजन्तु आरक्षबाट वैशाख तीन गते मकवानपुर जिल्लाको छतिवनमा पुगेको अन्दाजी १२ वर्षको भाले गैंडा गाँउलेले आफूखुसी लखेटेर जंगलतर्फ भगाउन खोज्दा गम्भीर घाइते भएको निकुञ्जले जनाएको छ । गैंडाको चारवटै खुट्टाका पैतालामा नराम्ररी चोट लागेको छ
तीन गते गाउँ पसेको गैंडालाई प्राविधिकहरुको टोलीले नौ गते बिहानमात्रै उद्धार गर्न सकेको थियो । योबीचमा गैंडा हेर्न बिहानदेखि बेलुकासम्म गाउँलेको भीड लागेको थियो । गैंडालाई ढुंगा र आगोको मुस्लोले हान्ने गरेको निकुञ्जका अधिकारीहरुले बताएका छन् । गैंडालाई उद्धार गर्न पर्सा वन्यजन्तु आरक्ष, चितवन निकुञ्ज र राष्टिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली र प्रहरीले समेत सम्झाउने बुझाउने गर्दा पनि गाउँलेले आफ्नै तरिकाले गैंडा लखेटेको निकुञ्जले विज्ञप्तिमा जनाएको छ । खोलाको ढुंगे बगरमा लखेटेका कारण खुट्टाको पैतालामा चोट लागेको हो ।
नेपाल प्रहरीसहितको सुरक्षा टोलीमा गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर, मकवानपुरका जिल्ला वन अधिकृत र निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेको टोलीले गैंडालाई सोमबार बिहान हर्नामडिमा डार्ट गरेर बेहोस् बनाएको थियो । त्यसपछि खोरमा राखेर गैंडालाई चितवन ल्याइएको थियो ।
चितवन निकुञ्जको सौराहानजिक जनकौली मध्यवर्ती सामुदायिक वनमा सोमबार दिउँसो दुई बजे सो गैंडालाई छाडिएको थियो । गैंडा विस्तारै हिँडेर इचनी टापुतर्फ लागेको निकुञ्जले जनाएको छ । घाइते गैंडाको प्राविििधकहरुले नियमित अनुगमन गर्ने छन् ।
बाटो बिराएर गाउँ पसेका जंगली जनावरहरु कुनै अवरोध नभएमा विस्तारै जंगल नै फर्कन्छन् । तर गाउँलेले होहल्ला गर्दा वन्यजन्तु रुमलिने मात्रै होइन मान्छेमाथि नै आक्रमण गर्ने निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिए ।
त्यसैले जंगली जनावर देख्नासाथ आरक्ष, निकुञ्ज, वन, प्रहरी, मध्यवर्ती कार्यालय जस्ता सम्बन्धित निकायमा खवर गर्न र उद्धारमा खटिने प्राविधिकहरुलाई सहयोग गर्न पौडेलले सर्वसाधरणलाई अपिल गरेका छन् । आफूखुसी गर्नाले जनावरका साथै स्थानीय पनि जोखिममा पर्ने उनले बताए ।
क्याप्सन  ः हर्नामडिमा गैंडालाई आगो बालेर घपाउँदै स्थानीय ।

Related Posts

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

समानान्तर भेला गरे कारबाही गर्ने अनेरास्ववियुको चेतावनी

समानान्तर भेला गरे कारबाही : अनेरास्ववियु

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In