खैरहनी । युवा स्वर्णतारा क्लव, खैरहनी पर्साले आफ्नो ३० औं वार्षिकोत्सवको अवसर पारेर आजदेखि जिल्ला स्तरिय खुला नक आउट फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । बुधबार सम्पन्न भएको उद्घाटन खेलमा ज्यामिरे फुटबल क्लब विजयी भएको छ ।
उद्घाटन खेल लामा स्पोर्टस् क्लब वीरेन्द्रनगर र ज्यामिरे फुटबल क्लब ज्यामिरेबीच भएको थियो । आयोजक क्लबका सचिव शशिलाल श्रेष्ठले ८० मिनेट खेलाइएको खेलमा खेल सुरु भएको ३६ मिनेटमा वीरेन्द्रनगर फुटबल क्लबले आत्मघाती गोल गरेपछि ज्यामिरे फुटबल क्लब विजयी भएको बताए ।
बैशाख २६ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा जिल्लाका १६ वटा फुटबल समूहहरुले सहभागिता जनाएका श्रेष्ठले जानकारी दिए । प्रतियोगतामा प्रथम हुने फुटबल क्लवले १० हजार रुपैयाँ नगद सहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् भने दोस्रो हुने समूहले ६ हजार ५१ रुपैयाँको साथमा सिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।
प्रतियोगिता अवधिभरि उत्कृष्ट खेल प्रस्तुत गर्ने खेलाडी मध्ये एकजनाले दुई हजार पाउनेछन् । त्यस्तै, सर्वाधिक गोलकर्ता र अनुसाशित समूहले समेत दुई दुई हजार रुपैयाँ पुरस्कार पाउने सचिव श्रेष्ठले बताए ।
Discussion about this post