ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बस्ती जोगाउन खगेरी खोलामा ड्याक

–होमनाथ सापकोटा

by namastec
२०७७ असार २१, आईतवार ०८:४० गते
in प्रमुख समाचार, समाचार
0
21
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । मानवबस्ती जोगाउन रत्ननगरको खगेरी खोलामा ड्याक निर्माण गरिएको छ । बाढीका कारण जोखिममा रहेको बालुवाटार सुकुमबासी बस्ती, सिसै, ढिकुवा र बेलटाँडीमा रहेको मानवबस्ती जोगाउन खगेरी खोलाका दुवैतर्फ तारजालीसहितको ड्याक निर्माण गरिएको हो ।

रत्ननगर नगरपालिका वडा नं–९ भएर बग्ने कयर खोलामा हरेक वर्ष आउने बाढीका कारण उल्लेखित चारवटा मानवबस्ती डुबानमा पर्दै आएका थिए । खोलानजिक रहेका बस्तीमा बसोवास गर्ने वडावासी र उर्वरभूमि कटान हुनबाट जोगाउन कयर खोलामा ड्याक निर्माण गरिएको वडाध्यक्ष रोशन आचार्यले जानकारी दिए ।

बालुवाटार बस्ती जोगाउन खोलाको पश्चिमतर्फ वडा कार्यालयको १३ लाख र टिकौली मध्यवर्ती सामुदायिक वनको डेढ लाख रूपैयाँको लगानीमा ५०० मिटर ड्याक निर्माण गरिएको उनले बताए ।

बालुवाटार सुकुमबासी बस्तीमा अधिकांश घरहरु झुप्रा रहेका छन् । कमजोर आर्थिक अवस्था भएका समुदायहरुको बसोवास रहेकाले खगेरी खोलामा आउने बाढीको भेलले हरेक वर्ष यहाँका स्थानीयवासीलाई दुःख दिने गरेको छ । बिहान–बेलुकाको गर्जो टार्न ज्याला मजदुरी गर्नुपर्ने अवस्थाका समुदायको बसोवास गर्ने सो बस्ती जोगाउनकै लागि खगेरीमा ड्याक निर्माण गरिएको आचार्यले बताए ।

खोलामा बाढीको भेल आउँदा पनि ड्याक भत्काउन नसक्ने गरी निर्माण गरिएको छ । ड्याकमाथिबाट सवारीसाधन आवतजावत गर्न मिल्ने गरी पाँच मिटर उचाइ र पाँच मिटर चौडाइमा ड्याक निर्माण गरिएको हो ।

सिसै, ढिकुवा र बेलटाँडी बस्ती जोगाउन खोलाको पूर्वतर्फ २८० मिटर तारजालीसहितको मजबुत ड्याक निर्माण गरिएको छ । स्वीस परियोजना, केन्द्र सरकार र रत्ननगर नगरपालिकाको ४८ लाख ६८ हजारको लगानीमा ड्याक निर्माण गरिएको हो । पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सांसद् सुरेन्द्र पाण्डेको विशेष पहलमा खगेरीको पूर्वतर्फ तारजालीसहितको ड्याक निर्माण गरिएको हो ।

सोही वडामा पर्यटन विकासका लागि प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा इको पार्क निर्माणाधीन अवस्थामा रहेको छ । खगेरी खोलामा ड्याक निर्माण भएपछि मानवबस्तीसँगै इको पार्कको समेत संरक्षण हुने वडा सचिव सुरेन्द्र चौधरीले जानकारी दिए । खगेरी खोलामा आउने बाढीको भेल पसेर अन्नबालीसमेत सखाप पार्ने, सुकुमबासी बस्तीका झुप्रा घरहरु भत्काउने गरेको थियो ।

बाढीले अन्नबाली, पशुचौपायासमेत बगाउने समस्याका कारण यहाँका स्थानीयवासीहरुको जीवन कष्टकर बन्दै आएको थियो । बर्खा सुरू भएपछि बाढीको त्रासले निदाउन नसक्ने यहाँका स्थानीयवासीहरु खगेरी खोलामा ड्याक निर्माण भएपछि खुसी भएका छन् ।

‘बाढीको डरले हामी कति रात अनिँदै बस्यौँ’, स्थानीय टीकाराम आचार्यले भने, ‘खोलामा ड्याक निर्माण भएपछि अब भने ढुक्क भएका छौँ ।’

रत्ननगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा वडा सदस्य सरस्वती लामाले खगेरी खोलामा ड्याक निर्माण भएपछि यस क्षेत्रको मानवबस्ती बाढीको जोखिमबाट सुरक्षित हुने बताइन् ।

‘ड्याकले सङ्कटमा रहेका बस्ती जोगाउने छ’, उनले भनिन्, ‘यो नगरी नहुने काम थियो, स्थानीय सरकारको अगुवाइमा भएको छ ।’ वडा सदस्य लामाले खगेरी खोलाको किनारमा रहेका अन्य बस्ती संरक्षणका लागि आगामी आर्थिक वर्षमा ड्याक निर्माण गर्ने योजना रहेको बताइन् ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

नेपालमै पाइलट प्रोजेक्टको रुपमा चितवन छनोट : भरपर्दाे बन्दै कृषि र पर्यटनलक्षित मौसम पूर्वानुमान

नेपालमै पाइलट प्रोजेक्टको रुपमा चितवन छनोट : भरपर्दाे बन्दै कृषि र पर्यटनलक्षित मौसम पूर्वानुमान

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

अन‌ि यो पनि

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला
राजनीति

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ, ३ माघ (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई...

Read more
रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In