जेसीजद्वारा सप्ताहव्यापी कार्यक्रम घोषणा

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर जेसीजको आज आइतबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरू हुँदैछ । जेसीजले एक हप्तासम्म सामाजिक काम गरेर सप्ताह मनाउन लागेको हो । रत्ननगर जेसीजले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेसीजले शिक्षा क्षेत्रमा योगदान दिएका रामचन्द्र अधिकारी र रामबाबु घिमिरेलाई सम्मान गर्ने, असार २२ गते सानो घरमा रहेका असहाय बालबालिकाका लागि खाद्यान्न वितरण गर्ने कार्यक्रम तय गरिएको सप्ताहका मूल संयोजक बाबुराम परियारले जानकारी दिए ।

त्यसैगरी, असार २३ गते वृद्धवृद्धासँग जेसीज भन्ने नाराका साथ रत्ननगर–१० स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित वृद्धवृद्धाहरुलाई फलफूल वितरण, असार २४ गते रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम, असार २५ गते सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब समुदायका १२० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, २६ गते कोरोनाका कारण शिक्षा क्षेत्रमा परेको असर र अबको बाटोका विषयमा अनलाइन अन्तक्र्रिया कार्यक्रम र असार २७ गते जिल्लाभित्रका जेसीज शाखाहरुबीच हाजिरीजवाफ प्रतियोगितासँगै सप्ताहको समापन गरिने महासचिव अमित गुप्ताले जानकारी दिए ।

सप्ताहको मेयर नारायण वनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रत्ननगर जेसीजका अध्यक्ष प्रदीप अधिकारीले सामाजिक उतरदायित्व वहन गर्दै रत्ननगर जेसीजले हरेक वर्ष सप्ताहव्यापी कार्यक्रममा समाजकेन्द्रित कार्यक्रमहरु आयोजना गर्दै आएको बताए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया