भरतपुर । नेपाली काग्रेस चितबनले नबौ लोकतन्त्र दिबस भब्य कार्यक्रमका साथ मनाउने भएको छ । जिल्ला सभापति टेक प्रसाद गुरुङ द्धारा आज जारी बिज्ञप्तिमा भोलि नारायणगढ स्थित होटल सेन्टर्लपार्ममा भब्य कार्यक्रमको आयोजना गरि लोकतन्त्र दिबस मनाउन लागेको उल्लेख गरिएको छ । नया बर्ष २०७१ सालको अबसरमा शुभकामना आदान प्रदान एबम चियापान समारोह समेत जोडिएको सो कार्यक्रमलाई २०७१ लोकतान्त्रिक संबिधान समृद्ध नेपाल निर्माणका लागि भन्ने नारा दिईएको छ । दिउसो सबा १२ बजे बाट सुरु हुने समारोहलाई नेपाली काग्रेसका केन्द्रिय सदस्यहरुले सम्बोधन गर्ने जिल्ला सचिब जितनारायण श्रेष्ठले बताउनु भयो ।
Discussion about this post