खोलेसिमल . पूर्वी चितवनको खोलेसिमल बजारमा बुधवार देखि १५ दिने रेडियो उदघोषण तथा पत्रकारिता तालिम सुरु भएको छ । सिराईचुली एफएम ९७.३ मेघाहर्जले आयोजना गरेको सो तालिमको नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटाले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा उहाँले ग्रामिण भेगमा स्थापना भएर प्रसारण सुरु गरेको एफएमले स्थानीय युवाहरुलाई अवसर संगै समुदायका मुद्धाहरुमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । उहाँले त्यस क्षेत्रमा सञ्चालन भएको सो रेडियोको स्थायित्वको लागि स्थानीयको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । चितवनका दक्ष पत्रकारहरुवाट हजीकरण हुने सो तालिममा रत्ननगर,जुटपानी,पिठुवा,शक्तिखोर,पदमपुर गाविसका ३० जनाको सहभागिता रहेको छ । तालिममा दक्षहरुलाई रेडियोले रोजगारीको अवसर पनि प्रदान गर्ने अध्यक्ष विशाल आलेमगरले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा,पूर्वी चितवन पत्रकार मञ्चका सचिव धु्रवराज खनाल,गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा,बम्जम हाडवेयरका संचालक युवराज बम्जम,कालिका सामुदायिक अध्यन केन्द्रका अध्यक्ष निराजन गौली लगायतले वोल्नुभएको थियो । रेडियोका अध्यक्ष विशाल आलेमगरको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रम सुवास रेग्मीले सञ्चालन गर्नुभएको थियो । सो एफएमले जुटपानीको खोलेसिमल बजारवाट २०७० असोज १२ गते वाट परीक्षण प्रसारण सुरु गरेको थियो ।
Discussion about this post