जुटपानी । जुटपानी ४ भटेनीमा रहेको पृथ्वी उच्च माध्यमिक विद्यालयमा विद्यार्थीले गरेको तालावन्दीका कारण पठन पाठन प्रभावित भएको छ । मासिक शुल्क दिने प्रसासनको निर्णयको विरोध गर्दै अनेरास्ववियु प्रारम्भिक ईकाई कमिटिले मंगलवारेदेखी विद्यालयको मुलगेटमै तालावन्दी गरेपछि पठन पाठन प्रभावित भएको हो ।
सरकारी विद्यालयमा मासिक शुल्क नलिन नपाइने भएपनि सो विद्यालयले भने यसै शैक्षिक शत्रबाट शुल्क लिने निर्णय गरेपछि तालावन्दी गरिएको अनेरास्वविय इकाइ कमिटीका अध्यक्ष चन्द्र लोले जानकारी दिनुभयो । उता विद्यालयका प्रधानाध्यापक गंगाराम गुरुङले भने अभिभावकको भेला नै गरेर विद्यालयमा संचालन हँुदै आएको कोचिङ कक्षाका लागि शुल्क लिइएको दावी गर्नु भएको छ ।
Discussion about this post