भरतपुर । राइजिङ डेभलपमेन्ट बैंकका पूर्व सिइओ भानु कँडेल प्रहरी हिरासतमा छन् । वैंकलाई तिर्नु पर्ने रकम नतिरेपछि कँडेलविरुद्ध बैंकका वर्तमान संचालक समितिका अध्यक्ष मदन अधिकारीले मुद्दा हालेका थिए ।
२०६६ , ०६७ ताका यसै वैंकमा सीइओ भएर काम गरेका कँडेलले ललितपुरको हिमालयन फाइनान्समा ७ करोड राखेका थिए । १ करोड नविकरण र ४ करोड फिर्ता गरेपनि २ करोड जति रकम तिर्न बाँकी भएपछि कँडेलमाथि मुद्दा चलाइएको हो । उनको हाल म्याद थप भइ अनुसन्धान जारी छ ।
चितवन मेडिकल कलेज भरतपुरको लेखापरिक्षणको क्रममा पनि कँडेलसहित अन्य दुइ व्यक्तिले कलेजबाट घुस मागेको भनी अख्तियारमा मुद्दा परेको थियो ।
तत्कालिन समयमा दुइ वर्षका लागि करारमा नियुक्त गरिएपनि राइजिङ बैंक संचालक समितिले १८ महिनामै कँडेललाई पदमुक्त गराएको थियो ।
Discussion about this post