ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘असारे विकास सधैँका लागि अन्त्य होस्’

by namastec
२०७७ असार १८, बिहीबार १४:४७ गते
in समाचार, समाज
0
13
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ असार (रासस) : राष्ट्रियसभाका सांसदले असारे विकासलाई सधैँका निम्ति अन्त्य गर्ने गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । सभाको आज बिहीबारको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शान्तिकुमारी अधिकारीले वर्षायाममा गरिएको काम विकास नभई विनाश हुने बताउँदै असारे विकासलाई सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।

उनीले भनिन्, “नेपालमा जेठ १५ गते बजेट सार्वजनिक गरी असार महिनाभित्र बजेट पास गरिन्छ, साउन र भदौ महिनामा पालैपालो घर बिदामा बस्ने हुँदा कर्मचारीका अभावमा कार्यालयमा काम ढिलासुस्ती हुन्छ, मन्त्रालयले अख्तियारी ढिला दिने कारणले स्थानीय निकायमा सम्झौता पुस महिनादेखि शुरु भई चैत महिनाभित्र सम्झौता गरेर सकिन्छ, असार महिनामा विकासका काम दु्रत गतिमा हुन्छ, अन्तिमका वर्षायाममा भएको काम मजबुत हुँदैन ।”

आर्थिक वर्षको अन्तिम महिना असारमा हतारमा काम गर्दा विकास कागजमा मात्र सम्पन्न गरी मिलेमतोमा बजेट सक्ने र वर्षायाममा गरिएको कामले गर्दा बाढीपहिरो आउने, धनजनको क्षति हुने र बस्ती उजाड हुने उनको भनाइ छ । उनीले भनिन्, “त्यसैले असारे विकासलाई सधैँका निम्ति अन्त्य गरिनुपर्छ, समयमै काम सक्ने नीति बनाउन आवश्यक छ ।”

नेकपाकै शेरबहादुर कुँवरले क्वारेन्टिनको अस्तव्यस्तताका कारण कोभिड–१९ को महामारी झन्झन् बढ्दै गएको बताउँदै अब कोरोना समुदायस्तरमा पुगेकाले समयमै सचेत हुन जरुरी छ भनिन् । सोही दलका शारदादेवी भट्टले हत्या, हिंसा र भ्रष्टाचारलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद रामनारायण बिंडारीले यातायात क्षेत्रमा १० प्रतिशत पुनःकर्जा र ढुवानीमा भ्याट छुट गरेर टिडिएस मात्रै लागू गर्ने व्यवस्था गर्ने गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । उनले भने, “यातायात क्षेत्रमा नेपालीको खर्बौं लगानी छ, यसलाई हेर्ने छुट्टै मन्त्रालय छैन, त्यसैले यो क्षेत्र अस्तव्यस्त छ, बस, ट्रक, टिपर, मालवाहक यातायातको बेग्लाबेग्लै नीति चाहिन्छ, निजीले पनि सार्वजनिक भाडाका काम गरिरहेका छन्, कोभिड–१९ ले यी व्यवसायी थला परेका छन्, १० प्रतिशत पुनःकर्जा र ढुवानीमा भ्याट छुट होस् ।”

सांसद डा विमला पौडेलले कोभिड–१९ को महामारीका अवस्थामा ज्यानको बाजी राखेर काम गरिरहेका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको बताउँदै उनीहरुको सुरक्षाको माग गरे ।

Related Posts

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

अन‌ि यो पनि

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला
राजनीति

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ, ३ माघ (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई...

Read more
रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In