थिरचन्द्र सुवेदीप्रति श्रद्धाञ्जली

अन‌ि यो पनि

गुञ्जनगर । नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नम्बर–१९ ले आफ्ना क्रियाशील सदस्यसमेत रहेका सुबेदार थिरचन्द्र सुवेदीको नवौँ दिनको पुण्यतिथिको अवसर पारेर उनकै निवास गुञ्जनगरमा शोकसभा सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस चितवनका पूर्वपार्टी सभापति तोपमानसिंह गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न शोकसभामा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, परिवारका तर्फबाट भाइ गोपाल सुवेदीलगायतले सुवेदीले कांग्रेस पार्टीमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

कांग्रेस वडा नं–१९ का सभापति आशमान लामाको अध्यक्षतामा सम्पन्न सो शोकसभामा विष्णुमाया परियार, भरतपुर–१९ का वडा अध्यक्ष कर्णबहादुर गुरूङलगायतको उपस्थिति थियो ।

लामो समयदेखि निमोनियाको बिरामी रहेका सुवेदीको ६१ वर्षको उमेरमा निधन भएको थियो । सुवेदीका एक श्रीमती, दुई छोरा र एक छोरी तथा दुई नातिनातिना रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया