भरतपुर ७ मा पनि भेटिए कोरोना संक्रमित

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिका वडा नं ७ मा पहिलो पटक कोरोना संक्रमि भेटिएका छन् । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा मंगलबार गरिएको परिक्षणमा भरतपुर ७ कृष्णपुरका २६ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वडामा पहिलो पटक एक व्यक्तिमा कोरोना देखिएपछि स्वास्थ्य प्रति थप सतर्कता अपनाउन वडा कार्यालयले वडाबासीहरुलाई आग्रह गरेको छ । वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले बुधबार एक सूचना जारी गरी अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सामाजिक दुरी अनिवार्य पालना गर्न आग्रह गरे ।

कोरोना संक्रमितको ट्राभल हिष्ट्री समेत नभएको र वडामा पछिल्लो समय बढ्दै गएको जनचापका कारण जोखिम बढ्न सक्नेतर्फ सबै सचेत हुन उनको सुझाव छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया