निजी विद्यालयका शिक्षक आन्दोलनमा

अन‌ि यो पनि

चितवन । निजी विद्यालय शिक्षक युनियन (इष्टु) चितवनले तलब नपाएको भन्दै आन्दोलन गरेका छन्। विद्यालय सञ्चालकहरूले गतवर्ष माघदेखि नै तलब सुविधा नदिइएको बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। लकडाउनका कारण विद्यालय बन्द भए पनि आफूहरूले खाइपाई आएको तलब सुविधा बन्द गर्न नमिल्ने इष्टुले जनाएको छ।

‘वार्षिक परीक्षासँगै एसईई परीक्षाको तयारीमा रहेका हामीलाई अहिले पनि विभिन्न बहाना बनाएर विद्यालय बोलाउने, अनलाइन कक्षाको नाममा पढाउन लगाउने जस्ता काम गराइरहेका छन्,’ इष्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले भने, ‘तर, तलब सुविधा भने रोकिराखेको छ।’ चैत ११ देखि जेठ ३२ सम्म सरकारले नै सार्वजनिक बिदा दिएकोले विद्यालय सञ्चालकले कुनै पनि बहानामा शिक्षक कर्मचारीको तलब रोक्न नमिल्ने उनले बताए। जिल्लामा रहेका करिब १६५ वटा निजी विद्यालयमा ८० प्रतिशतले शिक्षक कर्मचारीको तलब सुविधा नदिइएको उनको भनाइ छ।

‘केही विद्यालयले माघ र फागुनको तलब सुविधा पनि दिएका छैनन्,’ उनले भने, ‘नयाँ शैक्षिक सत्र लागेर पनि तीन महिना बित्न लागिसक्यो, तर तलब दिने कुरै गर्दैनन्।’ विद्यालय सञ्चालकले कुनै पनि शिक्षक कर्मचारीसँग सामान्य सोधपुछ समेत नगरेको उनले बताए। अभिभावकबाट शुल्क लिने नलिने विषय आफूहरूसँग सम्बन्ध नभएको भन्दै उनले थपे, ‘हाम्रो माग विद्यालय सञ्चालकसँग हो। विद्यालय सञ्चालकहरूले परिआउँदा नाफा वा घाटा दुवै परिस्थितिको सामना गर्न सक्नुपर्छ।

त्यसैले अहिले अभिभावकले शुल्क बुझाएन भन्दैमा हाम्रो तलब रोक्न मिल्दैन।’ सामुदायिक विद्यालयमा सरकारले सुविधा दिइरहेकोले निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको विषयमा पनि सरकारले ठोस निर्णय लिनुपर्ने इष्टुको माग छ। ‘कुनै पनि निजी विद्यालयले दुई महिना घाटामा जाँदैमा शिक्षक कर्मचारीलाई तलब दिन सक्दैन भने त्यस्ता विद्यालय बन्द गरे हुन्छ,’ निजी विद्यालय शिक्षक युनियन राष्ट्रिय समितिका उपाध्यक्ष केशवराज पाठकले भने, ‘होइन भने ६ महिनासम्मको सेवा सुविधा रोक्न पाइँदैन।’

अझ करिब २० प्रतिशत शिक्षक कर्मचारी सामान्य मजदुरले पाउने सरकारी सेवा सुविधाभन्दा पनि तल्लो तहमा रहेर काम गर्न बाध्य भएकोले यसबारे सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया