केमिकलबाट सलह मार्न ड्रोन ल्याइयो

अन‌ि यो पनि

भरतपुर । अफठ्यारो ठाउँमा भेटिएका सलह मार्नका लागी चितवनमा एउटा ड्रोन तयारी अवस्थामा राखिएको छ । मान्छे पुगेर धपाउन नसक्ने र विषादी छर्नै पर्ने अवस्थाका लागी ड्रोन ल्याइएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । तरकारी विकास केन्द्र, काठमाडौँबाट ड्रोन मगाइएको हो ।

ड्रोनमा १० लिटर क्षमताको ट्यांकी रहेको छ । यसले एक पटकमा २० मिनेटसम्म लगातार विषादी छर्कन सक्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले वताए । ‘मान्छे पुगेर धपाउन नसक्ने र विषादी छर्नै पर्ने अवस्थामा प्रयोग गर्न ड्रोन र जनशक्ति तयारी अवस्थामा छौँ’, उनले भने । चितवनमा भरतपुर २९ र सिद्धिमा फाटफुट सलह देखिएको उनले वताए । उनका अनुसार सिद्धिको जंगलमा सलह भेटिएको जानकारी प्राप्त भएको छ ।

केहि दिन अघि रत्ननगरमा भेटिएको सलहले बालीमा क्षति गर्न नपाएको उनको भनाइ छ । सलहको क्षती कम गर्ने अन्तर्राष्ट्रिय अभ्यास भनेको सलहलाई धपाउनु नै हो । केमिकल नै प्रयोग गर्नुपर्ने अवस्थामा आएमा ड्रोन, केमिकल र जनशक्ति तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । नेपालमा ठुलो झुण्ड प्रवेश नगर्ने विज्ञहरुले वताए अनुसार तयारी भएको उनले वताए ।

सलह धपाउनका लागी किसानहरुले दिउँसोको समयमा ठुलो आवाज निस्कने बस्तु बजाउन सक्ने, लामो डोरीले विरुवा हल्लाउन सक्ने र हाँस लगायतका चरा छाड्न सकिने उनी वताउँछन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया