लोककल्याणकारी विज्ञापन सबै सञ्चारमाध्यमले समानुपातिक ढंगले पाउनुपर्ने

अन‌ि यो पनि

कावासोती । नेपाली कांग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेशका सांसद् विष्णु लामिछानेले सञ्चारमाध्यमका लागि छुट्याइएको ५० लाख रूपैयाँ लोककल्याणकारी विज्ञापनमार्फत गण्डकी प्रदेशका सबै सञ्चारमाध्यमले पाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार भएको गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरूङले असार ७ गते पेश गरेको विनियोजन विधयक २०७७ माथिको बाँकी छलफलमाथि बोल्दै सांसद् लामिछानेले यस्तो बताएका हुन् ।

उनले सञ्चारमाध्यमको प्रोत्साहनका लागि ५० लाख विनियोजन गरिएको प्रति खुसी व्यक्त गर्दै त्यो रकम पारदर्शी ढंगले गण्डकी प्रदेशका सबै जिल्लामा सबै सञ्चारमाध्यममा पुग्ने गरी लोककल्याणकारी विज्ञापनमार्फत वितरण गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी उनले शिक्षा र स्वास्थय जिम्मा राज्यले लिनुपर्नेमा जोड दिए । लामिछानेले भने – ‘धनी मान्छे जहाँ पनि गएर उपचार गर्न सक्छ तर, गरिब जनता खल्तीमा पैसा नभएर उपचार गर्न नपाई मर्न बाध्य हुने अवस्था आएको बताए ।

त्यसैगरी उनले जेहेन्दार विद्यार्थीहरु गरिब भएकै कारण उच्च शिक्षा हासिल गर्नबाट अझै पनि वन्चित हुनुपर्ने अवस्था आएकोले त्यसका लागि शिक्षा निःशुल्क गर्नु पर्नेमा जोड दिए ।

उनले बालबालिकाको क्षेत्रमा छुट्याइएको रकम कम भएको, बालशिक्षक, महिला स्वास्थ्य स्वयम्सेविकाको तबललगायतका विषयमा सम्बोधन गर्नुपर्ने बताए । त्यस्तै उनले प्रहरीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा पनि जोड दिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया