चितवनका १३ जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि

अन‌ि यो पनि

चितवन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार परीक्षण भएका नमुनामध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जम्मा १०१ वटा नमुना परीक्षण हुँदा २५ जनामा संक्रमण पुष्टि भएको हो। बाँकी ७६ वटा नमुनाको नतिजा भने नेगिटिभ रहेको भरतपुर अस्पतालले जनाएको छ।

संक्रमण पुष्टि भएकाहरुमभ्ये भरतपुर अस्पतालमा रहेका माडी ५ र ३ का २५ र ७३ वर्षका दुईजना, भरतपुर महानगरपालिका वडा नं. ७ बस्ने वर्ष २६ का एकजना, २२ बस्ने वर्ष ५० का एकजना, वडा नं. ११ बस्ने वर्ष ४५ की एकजना, वडा नं. ९, ४, २२, २५ र २६ बस्ने वर्ष ४८, ४०, २१, २५, २६ र २२ का पुरुष रहेका छन्।

यस्तै नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरपतुर ७ का ६१ वर्षका पुरुष १ र १२ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।

अन्य संक्रमितहरुमा झापा दमक ३ बस्ने वर्ष ३५ की एक महिला, नवलपुर जिल्ला गैंडाकोट नगरपालिका बस्ने विभिन्न उमेर समुहका २ महिला र ८ पुरुष गरी १० जना र भरतपुर सेन्ट्रल अस्पतालमा उपचाररत गोरखा मनकामना बस्ने वर्ष ३० की महिला रहेका अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया