‘लैंगिक हिंसाविरूद्धको अभियान प्रदेशसभाबाट चलाउन आवश्यक’

अन‌ि यो पनि

कावासोती । गण्डकी प्रदेशकी सांसद् ओमकला गौतमले लैंगिक हिंसाविरूद्धको अभियान प्रदेशसभाबाट चलाउन आवश्यक रहेको औँल्याएकी छन् ।

मंगलबार भएको गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरूङले असार ७ गते पेश गरेको विनियोजन विधेयक २०७७ माथिको बाँकी छलफलमा बोल्दै सांसद् ओमकला गौतमले यस्तो बताएकी हुन् ।

पूर्वी नवलपरासीका सांसद् गौतमले लैंगिक हिंसाविरूद्धको अभियानका लागि २० लाख, किशोरीहरुको आत्मरक्षाका लागि १५ लाख विनियोजनको काम सराहनीय रहेको उल्लेख गर्दै लंैगिक हिंसा प्रदेशसभामै हुने गरेको र त्यसका लागि प्रदेशसभामै लैंगिक हिंसाविरूद्धको अभियान चल्नुपर्नेमा जोड दिइन् । उनले महिला सांसद्हरुका लागि नै आत्मरक्षा तालिम चाहिएकोमा जोड दिइन् ।

महिलालाई दोस्रो दर्जाको नागरिक ठान्नेजस्ता विषयमा आवाज उठाउँदा प्रदेशसभा मौन रहनु दुःखद रहेको समेत उनले उल्लेख गरिन् ।

‘विकासका लागि पहिलो प्राथमिकता शान्ति, सुरक्षा र सुशासन’

नेकपा एमाले नवलपुरका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले विकासको गतिलाई अगाडि बढाउन शान्ति, सुरक्षा र सुशासनलाई कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार भएको गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरूङले असार ७ गते पेश गरेको विनियोजन विधेयक २०७७ माथिको बाँकी छलफलमा बोल्दै सांसद् गाहाले यस्तो बताएका हुन् ।

उनले गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशभित्रका आमनेपाली जनताको सुरक्षाका लागि सुरक्षाकर्मीहरुलाई दक्ष बनाउनुपर्ने र त्यसतर्फ सरकारको ध्यान केन्द्रित हुनेमा विश्वास व्यक्त गरे ।

उनले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको प्रयासको प्रशंसा गर्दै पिसिआर टेस्टको दायरा बढाउनुपर्ने र बजेट अझै धेरै विनियोजन गरी क्वारेन्टाइन व्यवस्थापन राम्रो बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सरकारले उपलब्ध गराउने निःशुल्क औषधिहरु आमसर्वसाधारणले सजिलै थाहा पाउनुपर्ने र निःशुल्क पाउनुपर्नेमा जोड दिँदै त्यसका लागि प्रदेश सरकारले मह¤वपूर्ण भूमिका खेल्न सुझावसमेत उनले दिए ।

सांसद् गाहाले पर्यटन वर्षमार्फत आयस्रोत बढाउने राम्रो माध्यम मिलेको भए पनि कोरोनाका कारण त्यो माध्यम गुमाउनु परेको उल्लेख गरे ।

उनले नवलपुर जिल्लाको नारायणी नदीमा त्रिवेणीदेखि नारायणगढसम्म तटबन्ध गरी नारायणी नदीकिनारमा सडक निर्माण गर्न सके सडकको किनारमा होटल, होमस्टे निर्माण र त्रिवेणीदेखि देवघाटधामसम्म पानीजहाज सञ्चालन गर्न सके आयआर्जनको नयाँ स्रोत पहिचान हुनेमा जोड दिए ।

संघीय सरकारले यसका लागि कदम चालेको उल्लेख गर्दै प्रदेश सरकारले पनि यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी, गण्डकी प्रदेशका अधिकांश क्षेत्र पहाडी क्षेत्र भएकोले भूक्षय नियन्त्रणमा सरकारको ध्यान केन्द्रित गराउँदै प्रदेश सांसद् गाहाले वास्तविक किसानहरुले अनुदान नपाएकोतर्फ इंगित गर्दै वास्तविक किसानहरुले अनुदान पाउनुपर्नेमा जोड दिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया