राप्रपा चितवनको अध्यक्षमा ढकाल

अन‌ि यो पनि

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीचको समायोजनपछि भएको भेलाले रूद्र ढकाललाई राप्रपाको अध्यक्षमा चयन गरेको छ । जिल्लास्तरमा समायोजन हुने क्रममा चितवन जिल्लामा भएको भेलाले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

दुई पार्टीबीचको समायोजनपछि बनेको राप्रपा चितवनको उपाध्यक्षहरुमा चेतनाथ वाग्ले, जीवलाल पुरी र पीताम्बर अर्याल चयन भएका छन् ।

सचिवमा केशव भण्डारी र कोषाध्यक्षमा प्रेम गैरेलाई चयन गरिएको छ । यस्तै, राप्रपा चितवनले मंगलबार क्षेत्रीय र नगर अध्यक्षहरुको पनि टुङ्गो लगाएको छ । क्षेत्र नम्बर एकको अध्यक्षमा बलराम खनाल, दुईको अध्यक्षमा तिलक गुरूङ र तीन नम्बर क्षेत्रको अध्यक्षमा मदन पौडेल चयन भएका छन् ।

यस्तै, भरतपुर महानगरपालिकाको अध्यक्षमा दीपक थापामगर, रत्ननगर नगरपालिकाको अध्यक्षमा गोविन्द भट्टराई, माडी नगरपालिकाको अध्यक्षमा वीरेन्द्र भण्डारी, राप्तीमा गोपीचन्द्र पाठक, कालिका नगरपालिकाको अध्यक्षमा हेमबहादुर नेपाल चयन भएका छन् ।

समायोजन हुन बाँकी रहेका तहमा भने दुवै पक्षका अध्यक्षहरुको सहमतिमा समिति गठन गरेर जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको छ । जिल्ला सदस्यहरुको हकमा केन्द्रको परिपत्रको आधारमा दुवै पक्षबाट समायोजन गर्ने र आपसी समझदारीको आधारमा जिल्ला कार्यसमितिको गठन गर्ने राप्रपाले जनाएको छ ।

बागमती प्रदेश सांसद् रीना गुरूङ, निवर्तमान केन्द्रीय सदस्यद्वय मीना न्यौपाने र विष्णु खरालको उपस्थितिमा सम्पन्न भेलाले साबिक राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान जिल्ला अध्यक्ष दिलीप पाण्डेलाई केन्द्रीय सदस्यमा सिफारिस गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया