सार्वजनिक शववाहन सञ्चालन

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनको रत्ननगरबाट सार्वजनिक शववाहन सञ्चालन गरिएको छ । लायन्स क्लब अफ चितवन नेसनल पार्कले सहयोग संकलन गरेर खरिद गरेको शववाहनको सोमबार उद्घाटन गरिएको थियो । लायन्स क्लबका नेता रामप्रसाद भट्टको प्रमुख आतिथ्यतामा लायन्स क्लबले एक औपचारिक कार्यक्रम गरी शववाहनको शुभारम्भ गरेको हो ।

रत्ननगरमा स्थायी घर भई रोजगारीको सिलसिलामा विदेशमा र स्वदेशमा रहेका व्यक्तिहरुबाट आर्थिक संकलन गरी शववाहन खरिद गरिएको क्लबका अध्यक्ष नीरज श्रेष्ठले जानकारी दिए ।

चालू अवस्थामा रहेको टाटा कम्पनीको गाडी खरिद गरी शववाहनमा परिणत गरिएको उनले बताए । ६ लाख रूपैयाँको लगानीमा खरिद गरिएको सो वाहन चितवन जिल्लाकै पहिलो सार्वजनिक शववाहन रहेको उनले भनाइ छ ।

घरबाट घाटसम्म शव लैजाने सुविधासहित उक्त शववाहन सञ्चालनमा ल्याइएको हो । न्यूनतम मूल्यमा शव लैजाने योजनासहित वाहन सञ्चालनमा आएको हो ।

कार्यक्रममा एरिया ३ का प्रमुख प्रकाशचन्द्र भट्टराई, डिष्ट्रिक्ट एडभाइजरहरु योगेन्द्रनाथ अधिकारी, दीपेन्द्र खतिवडा, एरिया प्रमुख प्रभाकर पण्डितलगायतले मन्तव्य राखेका थिए ।

क्लबका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रथम उपाध्यक्ष निर्मल बोहराले स्वागत मन्तव्य तथा सचिव अमित गुप्ताले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया