लेखा समिति गठन, कर्मचारीलाई सम्मान

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिकाको सातौँ नगरसभा नीति, कार्यक्रम तथा बजेट पारित गरी मंगलबार समापन गरिएको छ ।

गत असार १० गते उद्घाटन भएको सो सभाको दोस्रो सत्रमा विकासकेन्द्रित नीति तथा कार्यक्रम र एक अर्ब १४ करोड रूपैयाँबराबरको बजेट पारित भएको मेयर नारायण वनले जानकारी दिए ।

नगरसभाले वडा नं–७ का वडाध्यक्ष लालबहादुर भट्ट संयोजक रहेको लेखा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा सरस्वती लामा, रवीन्द्र चौधरी, कृष्ण महतो र अपिल अधिकारी रहेका छन् ।

नगरसभामा सो नगरपालिकाले तीन जना उत्कृष्ट कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । प्रशासकीय अधिकृत संगम सापकोटालाई २५ हजार पुरस्कार राशि, जिन्सी शाखा प्रमुख डिम्बेश्वरी पौडेललाई १५ हजार राशि र वडा सचिव सुरेन्द्र चौधरीलाई १५ हजार राशिसहित उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको हो ।

मेयर वन, उपमेयर विमला दुवाडी र प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले उनीहरुलाई संयुक्तरुपमा दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

नगरसभामा वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा राखेको जिज्ञासाका बारेमा मेयर वन, उपमेयर दुवाडी र विषयगत समितिका संयोजकहरुले जवाफ दिएका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया