बलात्कार घटनामा १८ वर्ष कैद

अन‌ि यो पनि

भरतपुर । ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका रत्ननगर नगरपालिका–१३ बस्ने २७ वर्षीय अजय कट्टेललाई जिल्ला अदालत चितवनको इजलासले असार १५ गते १८ वर्ष कैद हुने सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको फैसलाअनुसार आरोपितलाई १८ वर्ष कैद, १ लाख रूपैयाँ क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २ हजार ८ सय रूपैयाँ जम्मा गर्नुपर्ने भनी फैसला भएको चितवन अदालतका स्रेस्तेदार रूद्रमणि गिरीले बताए ।

विसं २०७६ मंसिर २६ गते ट्युसन पढाउने क्रममा छोरी बलात्कार भएको भनी मंसिर २७ गते बालिकाकी आमाले इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएकी थिइन् ।

चितवन अदालतको ०७६ पुस ११ गतेको आदेशले आरोपित कट्टेल पुर्पक्षका लागि थुनामा गएका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया