मंगलबार ३१६ संक्रमित

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा मंगलबार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ३१६ जनामा संक्रमण देखिएको हो । जसमा ७१ महिला र २४५ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या १३ हजार ५६४ पुगेको छ । जसमा १ हजार ६५७ महिला र ११ हजार ९०७ पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा जसमा ९ महिला र ५१ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ३१९४ पुगेको छ । जसमा २७७ महिला र २९१७ पुरुष रहेका छन् ।

गत चौबिसघन्टामा ४७११ जनाको पिसिआरगरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । हाल ५३ हजार ०७० जना क्वारेन्टाइनमा र १० हजार ३४१ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया