कसरा चोकमा बन्दै आधुनिक शौचालय

अन‌ि यो पनि

भरतपुर । चितवनको कसरा चेक पोष्टमा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । भरतपुरमा रहेको चितवन ग्रीन लायन्स क्लबले माडी ठोरी सडकअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको हो ।

करिब १० लाखको लागतमा निर्माण हुन लागेको शौचालयको सोमबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसन ३२५ बी टु का सेकेन्ड भिडिजी रामप्रसाद भट्ट, विशिष्ठ अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती एवम् क्लबका संस्थापक अध्यक्ष भोजबहादुर खड्काले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

तीन महिनामा सम्पन्न गरी राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरिने कार्यक्रमका संयोजक एवम् क्लबका इलेक्ट अध्यक्ष सुमन कोइरालाले बताए ।

आधुनिक शौचालयमा छुट्टाछुट्टै तीनवटा कोठामा, अपाङ्गमैत्री एकवटा, महिलाहरुको लागि तीनवटा र पुरूषको लागि चारवटा युरिनल र एकवटा ट्वाइलेट रहने छ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न लागिएको वातावरण मैत्री उक्त आधुनिक शौचालयको भित्ताहरुमा वन्यजन्तु संरक्षण सम्बन्धी सूचनाहरुका लागि सूचनापाटी समेत राखिने क्लबका अध्यक्ष किशोरचन्द्र सापकोटाले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भरतपुर हुँदै माडी जाने र माडीबाट भरतपुर आउने यात्रुहरुलाई राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सवारी इन्ट्री गर्दा रोकिनुपर्ने परिस्थिति हुँदा उक्त ठाउँँमा शौचालयको अत्यन्त आवश्यक रहेको अवस्थामा क्लबले निर्माण गर्न लागेको आधुनिक शौचालयको मह¤व विशेष रहने बताए ।

त्यस्तै स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको यस क्लबले सार्वजनिक शौचालयको निर्माण सुरू गरेकोमा कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद भट्टले खुसी व्यक्त गर्दै शुभकामना दिए ।

कार्यक्रममा निमित्त शिक्षा अधिकृत प्रकृति संरक्षण शिक्षालय कसराका प्रमुख सेनानी चक्रबहादुर शाह, बटुक दल गण कसरा व्यारेकका प्रमुख सेनानी अरूण श्रेष्ठ, चिफ एरिया कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराई, इलेक्ट चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डित जोन चियर पर्सन एवम् क्लबका पूर्वअध्यक्ष माधव रेग्मी, समाजसेवी श्रीप्रसाद दवाडी, क्लबका पूर्वअध्यक्षहरु लगायत क्लबका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया