आधा भाडा मात्रै बुझ्न आग्रह

अन‌ि यो पनि

भरतपुर । चितवनका व्यवसायीले लकडाउन अवधिको ५० प्रतिशत भन्दा बढी घरभाडा नदिने भएका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवन र वस्तुगत संघहरुको बैठकले घरभाडा नर्तिन व्यवसायीलाई आग्रह गरेको छ ।

मञ्चका महासचिव रामप्रसाद पौडेलले पूर्ववत अवस्थामा व्यवसाय सञ्चालन नआउँदासम्म ५० प्रतिशतभन्दा बढी भाडा नलिन घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए ।

५० प्रतिशत बढी भाडा लिएको पाइए आन्दोलनमा उत्रने मञ्चका सल्लाहकार प्रभात ढुंगानाले बताए । “व्यवसायी आर्थिक संकटमा परेका छन्, यो बेला भाडा तिर्न सक्ने अवस्था छैन”, उनले भने, “५० प्रतिशतभन्दा बढी भाडा नदिन व्यवसायीलाई भनेका छौँ, केही मनकारी घरधनीले शतप्रतिशत घरभाडा छूट पनि दिन थालेका छन् ।”

उनले साविककै भाडा दिन दबाब दिने घरधनीबारे सूचना संकलन गरी कानुनी उपचारमा जाने बताए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया