१६ जनाले जिते कोरोना

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीमा सोमबार एकैदिन १६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । धनुषाका १ जना र पूर्वी नवलपरासीका १५ जना गरी १६ जना कोरानालाई जितेर घर फर्किएका हुन् ।

रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत १६ जना डिस्चार्ज भएका हुन् । आइतबार पनि सोही चिकित्सालयमा उपचाररत २३ जना र मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत ३ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका थिए । योसहित नवलपुरबाट डिस्चार्ज हुनेको संख्या ५६ पुगेको छ । नवलपुरमा संक्रमित हुनेको संख्या भने २ सय २० छ ।

सोमबार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१३ का ४५ वर्षीय १ जना पुरूष, कावासोती नगरपालिकाकी १ जना महिला र ६ जना पुरूष गरी ७ जना, बुलिङटार गाउँपालिकाका ६ जना पुरूष, विनयी त्रिवेणी गाउँपालिकाका १ जना पुरूष र धनुषाको नारायणी नगरपालिकाका १ जना पुरूष डिस्चार्ज भएको रजहर प्राकृतिक चिकित्सालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया