गुन्जमानमा कोरोना संक्रमितको उपचार

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर–१४ पिठुवामा रहेको गुन्जमान सिंह अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । रत्ननगर नगरपालिकाले पिसीआर पोजेटिभ देखिएका नगरभित्रका नागरिकको उपचार निजी स्तरमा सञ्चालित सो अस्पतालमा सुरु गरेको हो । भरतपुर अस्पतालमा हुनसक्ने चापलाई मध्यनजर गरी गुन्जमानमा उपचार सुरु गरिएको मेयर नारायण वनले जानकारी दिए ।

केही दिन अघि कोरोना पुष्टि भएकी रत्ननगर–४ की २७ बर्षीया महिलाको उपचार सोही अस्पतालमा सुरु गरिएको मेयर वनले बताए ।
नेपालमा कोरोना संक्रमित देखिएपछि रत्ननगर नगरपालिकाले सोही अस्पतालमा २० बेडको आइसोलेशन वार्ड तयार गरेको थियो । तर सो अस्पतालमा हाल आइसियू छैन । नगरपालिकाले सेवा थप गर्ने र उपचार प्रभावकारी बनाउने योजना सहित कोरोना संक्रमितको उपचार सुरु गरिएको हो ।

कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री र औषधि नगरपालिकाले उपलब्ध गराउने छ । रत्ननगर अस्पतालमा अन्य रोगका विरामीको उपचार गर्ने र गुन्जमानमा कोरोना संक्रमितको छुट्टै उपचार गर्ने योजना अनुरुप काम सुरु गरिएकोे मेयर वनले जानकारी दिए ।

यसैबीच कोरोना संक्रमितको उपचारलार्ई व्यवस्थित बनाउन पूर्वी चितवनका चार नगरपालिकाले सहकार्य गर्ने भएका छन । आवश्यक विशेषज्ञ डाक्टर सहितको राम्रो अस्पताल नरहेको पूर्वी चितवनमा देखिएका कोरोना संक्रमितलाई यहाँ नै उपचार गर्ने गरी कोरोना विशेष अस्पतला सञ्चालन गर्ने गरी सहकार्य सुरु गरिएको हो । चारवटै पालिकाले लगानी गरेर आवश्यक सेवा सहितको आइसोलेशन वार्ड तयार गरेर पूर्वी चितवनका कोरोना संक्रमितको उपचार गर्ने गरी छलफल भइरहेको छ ।

त्यसका लागि चारपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका प्रमुख सहितको बैठक गरिएको छ । बैठकले गुन्जमानमा कोरोनाका विरामीको उपचारको लागि आवश्यक गर्ने स्वास्थ्य सामाग्री, उपकरण र औषधिको विवरण सहित लागत स्टमेट तयार गर्न निर्देशन दिइएको राप्तीकी मेयर प्रभा बरालले जानकारी दिइन् ।

रत्ननगरका मेयर नारायण वनको अध्यक्षतामा बसेका सो बैठकमा कालिकाका मेयर खुमनारायण श्रेष्ठ, खैरहनीका मेयर लालमणि चौधरी, राप्तीकी मेयर बराल, रत्ननगरकी उपमेयर विमला दुवाडी, राप्तीका उपमेयर इमानसिंह लामा, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल, खैरहनीका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, रत्ननगरका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया