रत्ननगरमा सुरु भयो महिला क्वारेन्टाइन

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पहिला तथा बालबालिकाका लागि महिला पब्लिक क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित जिल्ला सहित विदेशबाट आउने महिला तथा आमासँगै आउने वालवालिकालाई छुट्टै राख्ने गरी वडा नं १ निपनीमा रहेको ओम शान्ति आधारभूत विद्यालयमा महिला क्वारेन्टाइन सञ्चालन गरिएको हो ।

वडा स्तरमा सञ्चालित पब्लिक क्वारेन्टाइनमा महिला र पुरुषसँगै राख्दा सुरक्षाका हिसाबले समस्या हुन सक्ने भन्दै नगरपालिकाले छुट्टै महिला क्वारेन्टाइन बनाएर सञ्चालनमा ल्याएको कार्यपालिका सदस्य तथा क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिकी संयोजक मीना गिरीले जानकारी दिइन । आइतवारसम्म बराइनबाट आएकी एक जना महिलालाई राखिएको र केही दिन पछि अन्यवडाका क्वारेन्टाइनमा रहेका महिलाहरुलाई पनि सो क्वारेन्टाइनमा राखिने संयोजक गिरीले जानकारी दिइन ।

सो विद्यालयमा तत्कालको लागि १० बेडको क्वारेन्टाइन बनाइएको र आवश्यकता अनुसार थप गर्दै लगिने छ । महिला क्वारेन्टाइनमा नेपाल सरकारले तोके बमोजिमको आधारभूत सुविधा प्रदान गरिएको छ । उपमेयर विमला दुवाडीले विदेशबाट आउने नगर भित्रका दिदीबहिनीहरुलाई सुरक्षित क्वारेन्टाइनमा राख्न महिला क्वारेन्टाइन सञ्चालनमा ल्याइएको बताइन ।

क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिको संयोजकमा गिरी, संह संयोजकमा सरस्वती लामा र सदस्यहरुमा रिता विक, मनकुमारी विक, भोलादेबी गौडेल, निर्मला खड्का र सदस्य सचिवमा महिला विकास अघिकृत दीपा घिमिरे रहेका छन । सो समितिले क्वारेन्टाइनको व्यवस्थित सञ्चालन र व्यवस्थापन गरी सुरक्षा प्रदान गर्ने छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया