उत्कृष्टलाई अवार्ड, सहयोगीलाई सम्मान

अन‌ि यो पनि

रत्ननगर । रोटरी क्लब अफ रत्ननगरले बर्ष २०१९/२० मा उत्कृष्ट काम गर्नेलाई अवार्ड र सामाजिक क्षेत्रमा रोटरीले गरेको काममा सहयोग गर्ने संस्थाहरुलाई सम्मान गरेको छ । रोटरीका अध्यक्ष विपिन पोखरेलले आफ्नो कार्यकालमा उत्कृष्ट काम गर्ने तीन जनालाई अवार्ड र सहयोग गर्ने पाँच वटा संस्थालाई सम्मान गरेका हुन् ।

अध्यक्ष पोखरेलले अमित भुषाललाई प्रेसिडेन्सियल अवार्ड, विरञ्जना घिमिरेलाई उत्कृष्ट रोटरीयन अवार्ड, हरिकुमार श्रेष्ठलाई क्लवका बर्ष भरी सबैभन्दा बढी सहभागिता जनाएको ठहर गर्दै अवार्ड प्रदान गरेका हुन ।
रोटरीले सामाजिक सेवा कार्यमा क्लवले गरेको काममा सहयोग गर्ने दाउन्ने ट्रेडर्स, होटल स्टार ब्यन्क्युट, सम्पर्क हार्डबेयर र मैनाली हार्डवेयरलाई सम्मान गरिएको रोटरी क्लवका सदस्य लक्ष्मीलाल श्रेष्ठले जानकारी दिए ।

जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्ननगरका मेयर नारायण वन, रोटरीका असिष्टेन गर्भनर चन्द्रमान श्रेष्ठ, डा.आइपी ढकाल लगायतले मन्तव्य राखेका थिए । क्लवका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुरेन्द्रनाथ रेग्मीले सञ्चालन गरेका थिए ।

अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा टिकौलीमा सार्वजनिक शौचालय निर्माण र हस्तान्तरण, सौराहामा रोटरी घण्टाघर,कालिकाको लटौलीमा पाठ्यक्रम तथा दिवाखाजा, अन्तराष्ट्रिय मिनी म्याराथुन, प्रतिभा सम्मान, रक्तदान, बेल्सी माविमा ल्यापटप लगायतका काम भएका थिए । अध्यक्ष पोखरेलले रोटरी इतिहासमै पहिलो पटक १०० प्रतिशत सदस्य थप गर्न सफल भएका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया