फोहोर नउठ्दा नारायणगढ बजार दुर्गन्धित (फोटो फिचर)

अन‌ि यो पनि

–कुलप्रसाद काफ्ले
भरतपुर । भरतपुर महानगरपालिकाको मुटु नारायणगढ बजारबाट फोहोर नउठेको दुई दिन भयो । छरपस्ट छरिएका फोहोरका कारण बजार नै दुर्गन्धित भएको छ ।
सडकमा थुप्रिएको फोहोर र पानीले बजार नै कुरुप देखिएको छ । भरतपुर महानगरपालिकाले भरतपुर ३ को नारायणी नदि किनारमा फोहोर डम्पिङ गर्दै आएको छ ।
त्यहाँका स्थानियहरुले फोहोर थुपार्न नदिएपछि बजारबाट फोहोर नउठेको भरतपुर महानगरपालिकाका वातावरण इन्जिनियर विराट घिमिरेले वताए ।
बजारमा कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाइएको छ । दुर्गन्धित फोहोरका कारण बजारमा हिँडडुल गर्नै समस्या भइसकेको छ।
फोहोर कहिले उठ्छ भन्ने कुरा नै अनिश्चित भएको महानगरका इन्जिनियर घिमिरे वताउँछन् ।
‘डम्पिङ साइटको विकल्प खोज्नुप¥र्याे, सँधै यहीँ फाल्न भएन भन्ने स्थानियको मुल गुनासो छ’, उनले भने, ‘भोलिबाटै फोहोर उठ्छ भनेर भन्न सक्ने अवस्था छैन ।’ कुखुराका भुत्ला देखि कुहिने, नकुहिने सबै फोहोर भद्रगोल रुपमा फालिएको उनले स्विकार गरे ।

स्थानियहरुले सडक पेटी पनि सफा राख्नुपर्छ भन्ने नसोच्दा दुर्गन्ध फैलिएको उनी वताउँछन् ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया