सोमबार ४७६ संक्रमित, संख्या १३ हजार नाघ्यो

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा सोमबार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४७६ जनामा संक्रमण देखिएको हो । जसमा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । जसमा १ हजार ५८६ महिला र ११ हजार ६६२ पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १२१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा जसमा १३ महिला र १०८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ३१३४ पुगेको छ । जसमा २६८ महिला र २८६६ पुरुष रहेका छन् ।

गत चौबिसघन्टामा ४६०६ जनाको पिसिआर र ३६८५ जनाको आरडिटी गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । हाल ६५ हजार ७१२ जना क्वारेन्टाइनमा र १० हजार ८५ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया