आन्दोलनरत बोटलर्स तराईका मजदुर प्रहरी नियन्त्रणमा

अन‌ि यो पनि

भरतपुर । आन्दोलनरत बोटलर्स तराई नेपाल लिमिटेडका सात मजदुरलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । बोटलर्स तराई नेपाल लिमिटेडको भरतपुरस्थित गोन्द्राङमा रहेको कम्पनीमा कार्यरत मजदुरहरु शुक्रबारदेखि आन्दोलनरत छन् । फ्याक्ट्रीमा आउने र जाने सवारी साधनलाई अवरोध गरेका कारण उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ घटक अखिल नेपाल मजदुर संघ बोटलर्स तराई नेपाल लिमिटेडका सचिव प्रल्हाद बर्ताैला लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले भुपेन्द्र श्रेष्ठ, प्रभात श्रेष्ठ, दिपेश भुजेल, जीवन तामाङ, बुद्धिमान सेन्चुरी र यदुमणी कँडेललाई नियन्त्रणमा लिएको उनले वताए । ढुवानीका साधनहरुलाई अवरोध गरिरहेको भिडलाई तितरवितर पार्न मजदुरका नेताहरुलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

आफूहरूलाई बिनाकारण रोजगारबाट निकालेको भन्दै पुनर्वहालीको माग गर्दै कम्पनीको वेयर हाउस विभागमा लोड–अनलोडको काम गर्ने मजदुरहरु आन्दोलित भएका हुन् । मजदुरहरूले समयमै माग पूरा नगरे अनिश्चितकालीन तालाबन्दी गर्नेसमेत चेतावनी दिएका छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया