ससुराले गरेको करणी लुकाउन बुहारीको हत्या

अन‌ि यो पनि

बिमाको लोभले परिवार नै अपराधमा
अमृत चिमरिया
हेटौंडा : असार १ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा सुस्मिता थापाको भेटिएको शव क्रुरतापूर्वक हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले परिवारकै सदस्यहरु मिलेर बुहारीको हत्या गरेको भन्ने निष्कर्ष सहित आज सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

ससुराको गलत नियत र बिमाले लियो ज्यान
सुस्मिता क्षेत्री थापाको क्रुरतापुर्वक हत्या हुनुमा दुइवटा कारण देखिन आएको छ । मृतक सुस्मिताको ससुरा प्रकाश थापाले जर्बजस्ती करणी प्रयास र सुस्मिताको मृत्यु पछि उनको पति र उनको नाममा आउने विमाको रकमको कारण हत्या भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मृतक सुस्मिताको पति रुपेन्द्रको २०७६ साल असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि बुहारीलाई उसकै कारण मृत्यु भएको भन्दै आरोप लगाउँदै आएको थियो । थापा परिवारले निरन्तर मानसिक तनाव मात्रै नभई ससुरा प्रकाश थापाबाट मृतक सुस्मीता क्षेत्री थापालाई बाथरुममा जबर्जस्ती करणीको उद्योग गरेको समेत गरेको प्रहरीले देखाएको छ । प्रहरीले मृतक सुस्मिताको श्रीमान रुपेन्द्रको सवारी दुर्घटनाको मृत्यु पश्चात पाउने क्षतिपुर्तीबापतको रकम पाँच लाख सुस्मिताले प्राप्त गरेको र घर पक्षले हामीले पाउनुपर्छ भनेर विवाद सृजना गरेकोलाई नि हत्याको कारण हुनसक्ने देखाएको छ ।

मृतक सुस्मिताको श्रीमान रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने विमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको विवादको कारण हालसम्म प्राप्त नगरेको पनि कारण देखाएको छ ।

यसरी भयो हत्या
प्रहरीले जानकारी दिएको घटनाको विवरण अनुसार असार १ गते अन्दाजी बेलुकी ९ बजेर ३० मिनेटको समयमा मृतक सुस्मिताको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएको थिए । खाना खानु अघि ससुरा प्रकाश थापाले मदिरा सेवन गरिसकेका थिए भने मृतक सुस्मिता र नन्द सिता भान्छाकोठामा खाना खाईरहेका थिए ।

सुस्मिता महिनावरी भएको कारण भान्छाकोठाको भुईमा बसेर खाना खाँदै थिईन, सोहि समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी बुहारी मृतक सुस्मिताको टाउकोमा पछाडीबाट प्रहार गरेको देखिन आएको प्रहरीले जनाएको छ । ससुराको प्रहार पछि भुईमा लडेकी सुस्मितालाई नन्द सिता थापाले नजिकै रहेको लोहोरो प्रहार गरेपछि गम्भिर घाईते भएकी थिईन् ।

सुस्मिताले बचाउ भन्दै कराउन थालेपछि सासु तुलासा पनि भान्छाकोठामा आउँछिन तर उनलाई चुपचाप बाबुछोरीले अर्को कोठामा गएर बस्न भन्दै सुस्मिताको हत्या गरेर आत्महत्या जस्तो घटना देखाउन प्रयास गर्छन् ।

मृतक सुस्मिताका ससुरा र नन्द अर्थात बाबुछोरी मिलेर हत्या भएको कोठमा फुटेका सिसाहरु, विग्रेका भाँडाकुडा मिलाउँछन, भुईमा लागेको रगत सफा गर्छन र भित्रबाट चुकुल लगाएर आफुहरु झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाईछ । कोठा मिलाएर जिउमा र कपडामा लागेको रगत सफा गरेर भोलीपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि प्रहरी सम्म घटना आईपुग्छ । प्रहरीले असार २ गतेबाट अनुसन्धान गरेर१२ दिनमा निष्कर्श निकालेको छ ।

आजीवन सम्म कैद हुने
हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरुलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रुर याताना दिई ज्यान मारेको आरोपमा कसुर जिवित रहेसम्म कैद अर्थात जन्मकैद हुने ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया