आगलागीबाट दश लाख क्षति

अन‌ि यो पनि

परासी, १५ असार (रासस) : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१४ स्थित एक फेन्सी पसलमा आगलागी हुँदा करीब रु दश लाखको क्षति भएको छ । विद्युत् सर्ट हुँदा आज बिहान यूनिक फेन्सी क्लेक्सन गङ्गाबस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट पसलमा रहेका कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । पसलको सटरबाट धुवाँ निस्किरहेको देखेपछि घरधनीले पसल सञ्चालकलाई खबर गरेका थिए । आगलागीबाट पसलमा रहेका फेन्सी सामान कामै नलाग्ने गरी जलेको सञ्चालक प्रदीप पाण्डेले बताए । स्थानीयवासीको सहायतामा आगलागी तत्कालै नियन्त्रणमा लिइएको थियो।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया