ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

यस वर्ष माडीमा धान दिवस मनाइने

by namastec
२०७७ असार १४, आईतवार १३:२६ गते
in अर्थ, प्रमुख समाचार
0
14
SHARES
Share on FacebookShare on Twitter

तुलमान गुरूङ
चितवन । कृषि प्रधान देश भनेर चिनिने नेपालमा वि सं २०६२ सालदेखि हरेक वर्ष असार १५ का दिन धान दिवस मनाउँदै आएको छ। धान उत्पादनको लागि चितवन जिल्ला पनि देशको मुख्य केन्द्र भएकोले हरेक वर्ष चितवनमा पनि सरकारी निकायबाटै दिवस मनाउँदै आइएको छ। सोही अनुसार यसवर्ष पनि असार १५ का दिन कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले संयुक्त रूपमा राष्ट्रिय धान दिवस मनाउने भएको छ।

असार १५ का दिन माडीमा कार्यक्रम गरेर १७औं धान दिवस मनाउने तयारी भइरहेको आइतबार ज्ञान केन्द्रमै पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। केन्द्रका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत राजन ढकालका अनुसार करिब २५ विघा क्षेत्रफलमा यान्त्रिकरण विधिबाट रोपाइँ गरेर उत्सवको रूपमा धान दिवस मनाउने तयारी भइरहेको छ। कोरोना कहर भए पनि वातावरण केही सहज भएकोले सरकारी नीति अनुसार नै दिवस मनाउने कार्यक्रम तय भएको उनले बताए। ‘केन्द्रीय सरकारले नै धान दिवस मनाउने निर्णय भएपछि हामीले पनि सरकारी नीतिलाई पछ्याएका हौँ,’ उनले भने, ‘सोही अनुसार सुरक्षाका उपाय अपनाएर दिवस मनाउँछौँ।’

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र सम्वृद्धि’ भन्ने मूल नारा लिएर दिवस मनाउन लागेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सेनाले यो वर्ष मेसिनको प्रयोगबाट करिब ३० विगाह क्षेत्रफलमा धान खेती गरिने अनुमान लगाएका छन्। ‘असार १५ गते माडीमा करिब २५ विघा र पूर्वी चितवनको कुमरोज क्षेत्रमा पाँच विघा गरी ३० विघा क्षेत्रफलमा यान्त्रिकरण विधिबाट रोपाइँ हुनेछ,’ उनले भने।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार गतवर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। सोही आधारमा सबै ठाउँमा यान्त्रीकरण विधिबाट धान लगाउने हो भने करिब २०० वटा मेसिन आवश्यक पर्ने वरिष्ठ कृषि अधिकृत तिमल्सेनाले बताए। ‘अहिले चितवनमा आधा दर्जन जति मेसिन प्रयोगमा छन्,’ उनले भने, ‘तर, चितवनको आवश्यकता भनेको २०० वटा मेसिन रहेछ।’ ज्ञान केन्द्रले भने यसवर्ष धान खेतीको लागि क्षेत्रफल बढ्ने अनुमान गरेको छ। कोरोना कहरका कारण भएको लकडाउनले तरकारी खेतीमा ठूलो असर पारेपछि तरकारी खेती गर्दै आएका किसान पनि धान रोप्न तयार भएकोले यसवर्ष क्षेत्रफल बढ्ने सम्भावना रहेको ज्ञान केन्द्रका प्रमुख ढकालले अनुमान लगाए।

Related Posts

होटल रेष्टुराँका सञ्जाल चितवनमा

होटल रेष्टुराँका सञ्जाल चितवनमा

नेपालमै पाइलट प्रोजेक्टको रुपमा चितवन छनोट : भरपर्दाे बन्दै कृषि र पर्यटनलक्षित मौसम पूर्वानुमान

सूर्योदय सहकारीको कृषिलाई पर्यटनसँग जोड्ने प्रयास

नेपालमै पाइलट प्रोजेक्टको रुपमा चितवन छनोट : भरपर्दाे बन्दै कृषि र पर्यटनलक्षित मौसम पूर्वानुमान

नेपालमै पाइलट प्रोजेक्टको रुपमा चितवन छनोट : भरपर्दाे बन्दै कृषि र पर्यटनलक्षित मौसम पूर्वानुमान

अन‌ि यो पनि

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला
राजनीति

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ, ३ माघ (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई...

Read more
रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In