नारायणगढ । चितवन अटोमोबाइल एसोसियसन र चितवन अटो मोबाइल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा नयाँ वर्ष २०७१ को शुभकामना आदानप्रदान कार्यक्रम सोमबार नारायणगढमा सम्पन्न भएको छ । एसोसिएसनका अध्यक्ष बालकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नीरकुमार पिया, सहकारीका अध्यक्ष भीमलाल न्युरे, अमृत जोशीलगायतले बोल्नुभएको थियो । जिल्लाभरका अटो मोबाइल व्यवसायीहरु सहभागी कार्यक्रममा अध्यक्ष कँडेलले आगामी असोजमा चितवनमा राष्ट्रिय अटो एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराउनुभयो ।
असोजको अन्तिम साता हुने एक्सोमा गाडी र गाडीका पार्टस्सँग सम्बन्धित कम्पनी र व्यवसायीहरुले सहभागिता जनाउने उहाँले बताउनुभयो । साथै एक्स्पोमा देशभरका विभिन्न जिल्लाबाट अटोमोबाइल व्यवसायीहरुलाई सहभागी गराएर व्यवसायिक हकहित र प्रवद्र्धनबारे अन्तत्र्रिmया गर्ने कार्यक्रम रहेको अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।
Discussion about this post