लकडाउनले सञ्चारमाध्यम ‘आइसियू’मा

अन‌ि यो पनि

भरतपुर । विश्वव्यापी अर्थतन्त्रमा प्रभाव पारिरहेको कोभिड–१९ का कारण लागू भएको लकडाउनले पहिलेदेखि आर्थिकरुपमा संघर्षरत नेपाली सञ्चारमाध्यमहरुलाई उठ्न नसक्ने गरी थला पारेको छ ।

जसका कारण देशव्यापीरुपमा रहेका पत्रपत्रिका, अनलाइन, टेलिभिजन र रेडियोहरुले आफ्नो प्रकाशन र प्रसारण बन्द वा घटाउनुका साथै कर्मचारीहरुलाई पनि कटौती गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।

सञ्चार विश्लेषक नम्रता शर्मा भन्छिन्, ‘प्रेस स्वतन्त्रता र सन्तुलित प्रजातान्त्रिक पद्धतिका लागि सशक्त हुनुपर्ने बेलामा सञ्चारमाध्यमहरु नै यस महामारीका कारण कमजोर बनेका छन् र यसले नेपालको प्रजातन्त्रलाई नै नकारात्मक प्रभाव पार्नेछ ।’

यसैगरी, नागरिक समाजका अगुवा तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा भन्छन्, ‘यदि सञ्चारमाध्यम सङ्कटमा प¥यो भने पूरै प्रजातन्त्र नै सङ्कटमा पर्नेछ । सञ्चारमाध्यमहरु जनताका चासोका विषय उठान गरेर राज्यलाई सधैँ सतर्क बनाइरहन्छन्, तसर्थ प्रजातन्त्र जोगाउनका निम्ति पनि सञ्चारमाध्यम जोगाउनुपर्छ ।’

कलकारखाना, पर्यटन, हवाई, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रबाट राहतको प्याकेजका लागि चर्को आवाज उठिरहँदा संघर्षरत सञ्चारमाध्यमहरुप्रति सरकारको ध्यानाकर्षण नै भएको छैन ।

राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारी सङ्कटको यस समयमा सरकारले सञ्चारमाध्यमलाई सहयोगको हात बढाउनुपर्ने तर्क राख्छन् । उनी भन्छन्, ‘आज सञ्चारमाध्यम सङ्कटमा पर्दा यसले भोलि सरकारलाई चोट पु¥याउँछ, त्यसैले हामीले सञ्चारमाध्यमलाई जोगाउन आवश्यक पहल गर्नुपर्छ ।’

सञ्चारमाध्यम सञ्चालक र प्रकाशकको समूह ‘दी नेपाल मिडिया सोसाइटी’ले गत वर्ष विज्ञापन र ग्राहकबाट १२ अर्ब आम्दानी भएकोमा यसवर्ष एक अर्बको हाराहारीमा मात्र हुने अनुमान गरेको छ ।

विज्ञापनको मात्रामा ६० प्रतिशतदेखि ८० प्रतिशत गिरावट आएको कारणले सञ्चारमाध्यमहरु सङ्कटमा परेको बताइएको छ । सेतोपाटीका सुदीप श्रेष्ठले जनाएअनुसार सेटोपाटी अहिलेसम्म कर्मचारी कटौती गर्ने अवस्थामा पुगेको छैन, तर कोरोना सङ्कट रहिरह्यो भने त्यो अवस्था नआउला भन्न सकिन्न ।

यसैगरी, देखापढी डटकमका सम्पादक रामेश्वर बोहोरा र संवाददाता तुफान न्यौपानेले कोरोना सङ्कटको बेलामा पत्रिकाले जागिर र आर्थिक सुरक्षाको प्रत्याभूति दिन नसकेको कारण देखाउँदै राजीनामा दिएका छन् । त्यसैगरी, यसै हप्ता अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक हरिबहादुर थापाले व्यवस्थापन पक्षले कर्मचारी कटौती गर्ने निर्णय गरेको विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन् ।

लकडाउनले गर्दा नयाँ पत्रिका दैनिकले आफ्नो पत्रिकाको पृष्ठ २० बाट घटाएर ८ पु¥याएको छ । यसका साथै हरेक विभागका कम्तीमा तीन कर्मचारीलाई छुट्टीमा राखेको छ । देशको सबैभन्दा ठूलो सञ्चारगृह कान्तिपुर मिडिया ग्रुपले आफ्नो साप्ताहिक र मासिकरुपमा प्रकाशित हुने नेपाल, साप्ताहिक र नारी बन्द गरेर अनलाइनमा मात्र उपलब्ध गराउने निर्णय गरेको छ ।

नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले सबै सञ्चारगृह सञ्चालकहरु मिलेर सञ्चारमाध्यमहरुको अस्तित्व जीवित राख्न नयाँ योजना बनाउनुपर्ने बताए । यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका ऋषिराम तिवारीले सरकारले सञ्चारमाध्यममा लकडाउनको प्रभावलाई अवलोकन र विश्लेषण गरिरहेको बताउँदै छिट्टै नै यस विषयमा निर्णय लिनेछ भने ।

नेपाल मिडिया सोसाइटीले अनुमान गरेअनुसार सञ्चार क्षेत्रले करिब दुई लाखलाई रोजगारी प्रदान गरेकोमा यदि कुनै पनि किसिमका राहतका प्याकेज घोषणा नभएमा करिब आधाले आफ्नो रोजगारी गुमाउनेछन् । सोसाइटीका सुभाषशंकर कँडेल भन्छन्, ‘सञ्चारमाध्यमलाई अहिले जीवन–मरणको सवाल छ, यही अवस्था रहिरह्यो भने आधा सञ्चारगृह बन्द हुन बाध्य हुनेछन् ।

(नेपाल टाइम्सका लागि राजु बास्कोटाको २५ जुनमा प्रकाशित रिपोर्टबाट अनुवादित)

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया