मदनको शव भेट्टाएका गुरूङलाई राहत

अन‌ि यो पनि

गाजीपुर । २०५० जेठमा चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा परी निधन भएका तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको शव भेट्टाउने टोलीमध्येका एक टोकमान गुरूङलाई मदन भण्डारी फाउन्डेसन चितवनले राहत सामग्री प्रदान गरेको छ ।

गरिबीका कारण अत्यन्त दयनीय अवस्थामा रहेका गुरूङलाई फाउन्डेसनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले उनकै निवास भरतपुर–१७, गोब्रेनीमा गई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

नदीमा माछा मारेर नै जीवन धानेका गुरूङसहित हेमबहादुर थापा, किसान ठकुरी, श्यामबहादुर थापा मगर, टेकबहादुर आलेसहितको टोली २०५० साल जेठ ४ गते बिहानको करिब ११ बजेको समयमा गाजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न गएको बेलामा दुर्घटनास्थल दासढुङ्गाबाट गाजीपुर करिब ३० किलोमिटर पश्चिममा गुञ्जनगर गाजीपुरको नारायणीकिनारको झाडीमा मदन भण्डारीको शव घोप्टो परेर अड्किरहेको अवस्थामा भेटिएको टोकमान गुरूङले बताए ।

कोभिड–१९ को सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउन खुकुलो भए पनि लकडाउनका कारण समस्यामा परेका ज्यालादारी गरी जीवनयापन गर्ने अतिविपन्न गुरूङ परिवारलाई प्रतिपरिवार १ बोरा चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन राहतस्वरुप उपलब्ध गराइएको फाउन्डेसन चितवनका सचिव शम्भु सुवेदीले बताए ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया