मकवानपुरमा पनि देखियो सलह

अन‌ि यो पनि

हेटौँडा । मकवानपुर जिल्लाका भित्री मधेसमा ठूलो संख्यामा सलह कीरा पसेको छ । भित्री मधेसको रुपमा रहेका मकवानपुरका स्थानीय तहहरुमा मकै पाक्न लागेको सिजनमा सलह कीरा पसेका हुन् ।

शनिबार दिउँसो मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकामा सलह कीरा छिरेपछि किसानहरु चिन्तामा छन् ।

बाराबाट आइपुग्यो मकवानपुर

बारा जिल्लाबाट मकवानपुरको बकैया गाउँपालिकामा सलह छिरेको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन् ।

उनले भनिन्, ‘सीमाआसपासको क्षेत्र बकैया गाउँपालिका वडा नम्बर–१ रदुवा, मोरङ्गे र धियाँललगायतका क्षेत्रबाट प्रवेश गरेको सलह कीरा त्यहाँबाट उडेर वडा नम्बर–७ र ४ तर्फ गएको छ ।’ ठूलो संख्यामा प्रवेश गरेको सलह कीरा मकैबारीभन्दा जंगलमा धेरै बसेको उनले बताइन् ।

उनले आफूसहित गाउँपालिका अध्यक्ष दामोदर खनाल र गाउँपालिकाका पदाधिकारीहरु सलह प्रवेश गरेको क्षेत्रतर्फ अनुगमनमा जाँदा मकैमा ठूलो क्षति नभएता पनि यकिन विवरण संकलन भइरहेको बताइन् ।

त्यस्तै, मकवानपुरगढी गाउँपालिकामा पनि सलह कीराहरु प्रवेश गरेको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताए । मकवानपुरगढी गाउँपालिका–३ बाट प्रवेश गरेका कीराहरु हाल वडा नम्बर–७, सुकैरातर्फ गएको उनले जानकारी दिए ।

विज्ञहरुका अनुसार सलहले जतिपटक काँचुली फेर्छ त्यति ठूलो आकार लिन्छ । हाल देखिएको सलह विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ । कीट विज्ञहरुका अनुसार सलहको हुलले एकदिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया