जडिबुटी र काठसहित ६ जना पक्राउ

अन‌ि यो पनि

धादिङ । धादिङ प्रहरीले अवैध ढंगबाट जडिबुटी र सालको काठ बिक्री गर्न लैजान खाजेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका १२ दामगाडेबाट जडिबुटी र सालको काठसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धादिङको हिमाली बस्ती रुवीभ्याली गाउँपालिकाबाट सदरमुकाम धादिङबेँसीतर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनीट्रकमा जडिबुटी लुकाइछिपाई ल्याइरहेको भन्ने सूचनाको आधारमा सो ट्रक नियन्त्रणमा लिई खानतलासी गर्दा जडिबुटी फेला परेको र सो ओसार पसारमा संलग्न भएको आशंकामा शनिबार बिहान ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जडिबुटीसहित पक्राउ पर्नेमा ट्रकका चालक रुवीभ्याली १ बस्ने पेम्बा तामाङ, सह–चालक टसी तामाङका साथै ट्रकमा सवार झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

प्लास्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा ३१० किलो ७७ ग्राम जटामसी, २ किलो १५० ग्राम निरमसी, १७ ग्राम गुची च्याउ र १ किलो ८ ग्राम यार्सागुम्बा फेला पारेपछि सामानसहित ट्रकमा रहेका सबैलाई नियन्त्रणमा लिई अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

यसैगरी नीलकण्ठ नगरपालिका १२ दामगाडेबाट सालको काठसहित २ जना पक्राउ परेका छन् । शुक्रबार राति ९ बजे दामगाडेबाट धादिङबेँसीतर्फ आउदै गरेको बा ३ ख ८७०३ नम्बरको स्वराज मिनी ट्रकमा ल्याइरहेको सालको काठसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

काठसहित पक्राउ पर्नेमा ट्रकका चालक धादिङको निलकण्ठ नगरपालिका वडा नं १२ आपस्वाँरा बस्ने २९ वर्षीय टीकाराम श्रेष्ठ र गाडीमा सवार सोही ठाउँका ३१ वर्षीय राजु श्रेष्ठ रहेको प्रनाउ खड्काले जानकारी दिए ।

ताछेको अवस्थाको ३७.८४ क्यूफिट सानो ठूलो गरी २५ वटा काठ र ट्रक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको पनि खड्काले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया