चितवनमा पनि देखियो सलह कीरा : सतर्क बन्न आग्रह

अन‌ि यो पनि

भरतपुर । तराईका विभिन्न जिल्लामा फैलिन थालेको सलह कीरा चितवनमा पनि देखिएको छ । चितवनको खैरहनी नगर–पालिकाको चौविसकोठी आसपासमा सलह देखिएको स्थानीय सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेलले जानकारी दिए ।

उनले आफ्नो घरको छतबाट सलह कीरा उडेको भिडियो समेत सामाजिक सञ्जालमा राखेका थिए । अभियन्ता गजुरेलले भने, ‘सलह कीरा आकाशमा उडिरहेको थियो । केही कीराहरुलाई कागले समेत खाइरहेका थिए । उनले सलहको झुन्ड कता गएर बसेको
आपूmलाई पत्तो नभएको बताए । सलह चितवनमा प्रवेश गरेको विषयमा आधिकारिक निकायबाट पुष्टि हुन बाँकी छ ।

कृषि वैज्ञानिक घनश्याम भण्डारीका अनुसार चितवनमा आउन नसक्ने भन्ने केही छैन, रुपन्देही, मकवानपुर र बारामा झुन्ड अवस्थामा देखिएको सलह कीरा यहाँ पनि ठूलो झुन्डमा आउन सक्ने सम्भावना छ । वैज्ञानिक भण्डारीले भने, ‘रुपन्देहीमा देखियो, बारा र मकवानपुरमा पनि आयो । चितवनमा समेत ठूलो झुन्डमा आउन सक्छ, सतर्क बनौँ ।’

उनका अनुसार करोडौँको हुलमा आउने सलह कीरा चितवनमा आएमा यहाँको तरकारी, मकै, धानमा समेत क्षति पु¥याउन सक्छ । उनले भने, ‘यो थोरै आउने होइन, करोडौँको संख्यामा आउँछ ।’

उनी भन्छन्, ‘यसले निश्चित बालीमात्रै खाँदैन, सबै खान्छ । यो आएमा व्यवस्थापन गर्न ज्यादै गाह्रो छ, बाली सोत्तर पार्ने खतरा रहन्छ ।’ कृषि वैज्ञानिकहरुका अनुसार सलह बालीमा चर्न नपाए कुद्छ, यो जहाँसम्म पनि कुदेर पुग्छ ।

यसअघि नै कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने निश्कर्ष निकालेको थियो, तर त्यो गलत सावित भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख तथा कृषि विज्ञ मेघनाथ तिमिल्सिनाले मकवानपुर, बारा, पर्सा, सप्तरी, रुपन्देही, भैरहवामा देखिएको सलह चितवनमा पनि आएको अपुष्ट खबर आपूmले पाएको बताए ।

उनका अनुसार सलह घाम नै छेलिने गरी उडेर आउँछ । सलहको करोडौँको झुण्ड जहाँ बस्छ, त्यहाँको हरियाली केहीबेरमै सखाप पार्छ । प्रमुख तिमिल्सिनाले भने, ‘यो फट्याङ्ग्रोजस्तै कीरा हो, ठूलो संख्यामा बालीमा प्रवेश गर्छ र खाएर नसकेसम्म अन्त उडेर जाँदैन ।’ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययनमा १९६० मा काठमाडौँ उपत्यकामा सलह देखिएको छ ।

कृषि विज्ञहरु सलहको एउटा झुण्डले २५ सय जना वा १० वटा हात्तीलाई पुग्ने खानाबराबरको वनस्पती खाने बताउँछन् । सलह कमलो वनस्पतीमा झन् बढी आकर्षित हुन्छन् । यतिबेला रोपाइँको सिजन चलेको छ । खेतबारीहरुमा हरियो बीउका व्याडहरु छन् ।

कृषि मन्त्रालयले बारा, पर्सा र सर्लाही हुँदै नेपाल प्रवेश गरेको अन्त पनि फैलिन सक्ने जनाएको छ । तराईदेखि पहाडसम्म पनि पुग्न सक्ने मन्त्रालयको भनाइ छ । कृषि विज्ञ तिमिल्सिनाले हावा पूर्व हुँदै गयो भने सलह उतै जाने सम्भावना पनि रहने बताए । रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने उनी बताउँछन् ।

करेसाबारी, नर्सरीलगायतका सानो क्षेत्रमा झुल र जालीको प्रयोग गरेर या धुँवा लगाएर पनि यसलाई बालीमा बस्नबाट रोक्न सकिन्छ । विषादीहरु छर्केर पनि सलहबाट बालीलाई जोगाउन सकिन्छ ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले चितवनमा सलह आउन सक्ने बताए । उनले भने, ‘सतर्क अवस्थामा बसेका छौँ, सबै स्थानीय तहका कृषि शाखाहरु ‘अलर्ट’मा बसिरहेका छन् ।’ कृषि शाखाहरुले सलहको खतरा रहेको जानकारी किसानहरुलाई
गराएका छन् ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया